Comments Add Comment

६३ शव्दको नाम, बन्यो विश्व किर्तिमान

LN

स्विडेनका एक २५ वर्षे युवकको नाम यति लामो छ की त्यो उच्चारण गर्न एक मिनेट पूरै लाग्छ । उनको नाम ६३ वटा शव्दबाट बनेको छ । यो विश्वकै सबैभन्दा लामो नाम हुनसक्छ ।

पापा लंग नामेह नामको छोटकरी नामबाट बोलाइने ती युवकको खास नाम यस्तो छ ? Kim-Jong Sexy Glorious Beast Divine Dick “ather Lovely Iron Man Even Unique Poh Un Winn Charlie Ghora Khaos Mehan Hansa Kimmy Humbero Uno Master Over Dance Shake Bouti Bepop Rocksteady Shredder Kung Ulf Road House Gilgamesh “lap Guy Theo A H Im Yoda “unky Boy Slam Duck Chuck Jorma Jukka Pekka Ryan Super Air Ooy Rusell Salvador Alfons Molgan Akta Papa Long Nameh Ek.

राजधानी स्टकहोम नजिकैको हानिन्ज सहरका बासिन्दा पापाको पहिलेको नाम अलेक्जेन्डर इके थियो । तर १८ वर्षको हुँदादेखि उनले आफ्नो नाम फेर्न सुरु गरे । उनले ६ पटकसम्म आफ्नो नाम फेरे र हरेक पटक सतर्कतापूर्वक छनोट गरिएका विभिन्न खाले टाइटल नाम थप्न थाले । कुनै समय उनको नाम उसामा बिन इके समेत भएको थियो ।

एकपटक उसामा बिन इके नामको उनको चिठी घरमा आउँदा उनका बा आमा छक्क परेका रहेछन् । नाम परिवर्तनकै कारण धेरै चिठीहरु आफुले प्राप्त गर्नै नसकेको र कहिलेकाहीँ घरको विजुलीको बिल पनि ढिलो आउने गरेको उनको भनाइ छ । तर यस्तो हैरानी उनलाई मज्जै लागेको छ ।स्विडेनमा कुनैपनि व्यक्तिले आफ्नो नाम पहिलोपटक परिवर्तन गर्दा कुनै शुल्क लाग्दैन । तर त्यसपछाडि पनि नाम परिवर्तन गर्नुपर्यो भने एक पटकमा झण्डै डेढ सय डलर शुल्क लाग्छ ।

स्मरण रहोस् अहिलेसम्म आधिकारिक रुपमा विश्वमा सबैभन्दा लामो नाम भएका व्यक्तिको रुपमा बेलायतका एक व्यक्तिको नाम गिनिज बुकमा रहेको छ । २९ शव्द लामो नाम भएका ती व्यक्तिको नाम Barnaby Marmaduke Aloysius Benjy Cobweb Dartagnan Egbert “elix Gaspar Humbert Ignatius Jayden Kasper Leroy Maximilian Neddy Obiajulu Pepin Quilliam Rosencrantz Sexton Teddy Upwood Vivatma Wayland Xylon Yardley Zachary Usansky हो । तर ६३ शव्दको नाम भएका पापा अब विश्वमा सबैभन्दा लामो नाम भएका व्यक्तिका रुपमा गिनिज बुकमा प्रवेश गर्ने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment