Comments Add Comment

मार्को रोजो

marco-rojo

विश्वकप फुटबलको सेमिफाइनलमा नेदरल्याण्डसँग भिड्दा अर्जेन्टिनाको टोलीमा मार्को रोजो उपलब्ध हुनेछन् ।

२४ वषर्ी रोजोलाई ब्राजिल विश्वकपमा अर्जेन्टिनाको उत्कृष्ट रक्षकका रुपमा हेरिएको छ । उनीमाथि नेदरल्याण्डका आर्जेन रोबिनलाई रोक्ने जिम्मेवारी हुनेछ । ३० वर्षका रोबिन सबभन्दा खतरनाक विङ्गर हुन् ।

रोजोले २०११ मा पोर्चुगलविरुद्धको मैत्रिपूर्ण खेलमा डेब्यू गरेका थिए । कोपा अमेरिका र विश्वकप छनोटमा राम्रो प्रदर्शन गरेपछि उनी अहिले साबेलाको टोलीको मुख्य सदस्य बनेका छन् । उनले अर्जेन्टिनाका लागि २५ क्याप जितेका छन् । विश्वकपमा नाइजेरियाविरुद्ध गोल समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment