Comments Add Comment

हप्ता दिनपछि सुनको भाउ ८ सय बढ्यो

gold२७ असार, काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको भाउ ८ सय रुपैयाँले बढेको छ । एक हप्ता अगाडीदेखि स्थिर रहेको सुनको भाउ शुक्रबार एकै दिन ८ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार बजारमा छापावाल सुन तोलाको ५४ हजार ४ सय रुपैयाँमा किनबेच भइरहेको छ । यस अघि एक हप्ता सुन तोलाको ५३ हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको थियो ।

तेजाबी सुनको भाउ पनि शुक्रबार तोलामा ८ सय रुपैयाँ बढेर ५४ हजार १ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । यसअघि तेजाबी सुन तोलाका ५३ हजार ३ सय ५० रुपैयाँमा किनबेच भइरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment