Comments Add Comment

नीशाको यूवक रुप, केटासँग कसरी बढ्यो आकर्षण(फोटो फिचरसहित)

nisha-adhikari
भिडियोमा नयाँ कुरा दिन रुचाउँने निर्देशक प्रशन्न पौडेलले हालै मात्र नायिका निशा अधिकारीलाई एक भिन्न रुपमा प्रस्तुत गरेका छन् । टम बोइ क्यारेक्टरमा नायिका अधिकारीले एक भिडियोमा काम गरेकी हुन् ।

गायक शीव परियारको आवाजमा समावेश ‘मायाको भिक्षा माग्ने जोगी हुँ म, कुनै ओखतीले नछुने प्रेम रोगी हुँ म’ बोलको गीतमा निशाको यस्तो रुप देख्न सकिन्छ । भिडियोमा अस्मिता अधिकारी र रोशी भुषाललाई पनि देख्न सकिन्छ । विदुर पाण्डेको छायांकनमा यो भिडियो केही दिन अगाडि भैसेपाटी क्षेत्रमा खिचिएको हो ।

जे परियारको संगीतमा तयार भिडियोको बारेमा निर्देशक पौडेलले भने-‘टम बोइ प्रकारका केटीहरुलाई केटाहरुले पनि खासै वास्ता गर्दैनन् । तर उनकै यूवती साथीहरुको सहायतले उनको आकर्षण केटाहरुमा बढ्दै जान्छ । यूवतीले प्रयोग गर्ने गहना र मेकअपसँग उसको लगाव बढ्दै जान्छ ।’ ‘माया भयो भन्यो सबै कुराको परिवर्तन सम्भव छ’, उनले भने । nisha-adhikari-1 nisha-adhikari-2 nisha-adhikari-3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment