Comments Add Comment

असारमा आएका हाकिम मसान्तपछि हराए

९ साउन, मुगु । असारमा बल्लबल्ल आएका कर्णालीका मुगु, जुम्ला, कालीकोट र हुम्ला जिल्ला कायाृलयका हाकिम महिना दिन पनि नबसी फेरि जिल्ला छोडेर हराएका छन् । असारभित्रै आर्थिक वर्ष २०७०/७१ को बजेटको हिसाबकिताब मिलान गर्नुपर्ने भएकाले मात्र जिल्ला टेकेका अधिकांश कार्यालय प्रमुख बजेट फरफारक गरी फर्किसकेका छन् ।
जिल्ला विकास समितिले गएको आर्थिक वर्षमा सञ्चालित वाषिर्क योजना तथा कार्यक्रमको समीक्षा बैठकमा अनिवार्य उपस्थितिका लागि उर्दी जारी गरेपछि समीक्षा पर्खेका अधिकांश कार्यालय प्रमुख असार सकिएपछि कार्यालय सहायकसमेतलाई साथ लिएर तालिम र गोष्ठिको बाहानामा हिँडेको अन्नपूर्ण पोस्टमा खबर छ ।
असारमा जिल्ला प्रशासन कार्यालयमा भएको कार्यालयप्रमुखको मासिक बैठकमा कुनै पनि कार्यालय प्रमुखले सेवाग्राहीको समस्यालाई ध्यानमा राखेर मन्त्रालय र विभागका अति आवश्यक कामबाहेक अन्य काममा जिल्ला नछोड्न निर्देशक दिइएको थियो । तर कार्यालयप्रमुख निर्देशन र सेवाग्राहीका समस्या लत्याउँदै कार्यालय छोडेर हिँडेका हुन् ।
वर्षभरिमा जम्मा तीन महिना पनि जिल्ला नबस्ने कार्यालयप्रमुख जिल्ला परिषद र आर्थिक वर्षको अन्त्यमा भने कार्यालयमा आइपुग्ने गरेका छन् । कार्यालयप्रमुख लामो समय जिल्ला बाहिर हुँदा सेवाग्राहीले भनेको बेलामा न सेवा पाउँछन् न कर्मचारी भेट्न पाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment