Comments Add Comment

भारतमा पहिरोले पुरिएर एक नेपालीको मृत्यु, एक घाइते

१२ साउन, दार्चुला । भारतमा पहिरोले पुरिएर एक नेपालीको मृत्यु भएको छ भने एक घाइते भएका छन् । पिथौरागढ जिल्लाको पाङ्गला बयालघारमा पहिरोले पुरिएर बैतडीका सोभानसिंह बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा बेलापुर-९ डडेल्धुराका राजेश खड्का रहेको भारतीय प्रहरीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । भारतीय व्यापारी सुरेन्द्रसिंह बोहराको सामान लगेर मालपा जाँदै गरेको अवस्थामा दार्चुला सदरमुकामसँगै रहेको दार्चुलाबाट ३२ किलोमिटरको दुरीमा रहेको बयालघारमा माथिबाट पहिरो आएर उनीसँगै अन्य भारतीय पाँचजनाको पनि मृत्यु भएको छ ।

भारतीय पक्षले कालापानीसम्म डोबल सडक विस्तार गरिरहेकाले केही वर्षदेखि त्यहाँ नियमित पहिरो आउने गरेको छ । दार्चुला तथा बैतडीका धेरै नेपालीहरु आफ्नो गुजारा चलाउनका लागि भारतीय व्यापारी तथा सेनाको सामान ढुवानी गर्ने गर्छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment