Comments Add Comment

लेखा समिति सभापतिको निर्वाचन शुक्रबार

१२ साउन, काठमाडौं । सार्वजनिक लेखा समितिको सभापति चयनका लागि शुक्रबार निर्वाचन हुने भएको छ ।

व्यवस्थापिका-संसद्को कार्यसञ्चालन नियमावली, २०७० को नियम ११३ को उपनियम (१) बमोजिम साउन १६ गते निर्वाचन हुन लागेको हो ।

सचिवालयले सूचना निकालेर साउन १४ र १५ गते उम्मेदवारी दर्ताको समय तोकेको छ । साउन १५ गते १७:३० बजेसम्म दर्ता भएका उम्मेदवारको दर्ता क्रमअनुसार सूची प्रकाशन गर्ने र १६ गते बिहान ११ बजे निर्वाचन गर्ने सूचनामा उल्लेख छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment