Comments Add Comment

मनमोहन सिंहले नेपाललाई हेपेको दिल्लीमा चर्चा

narendra modi१५ साउन, काठमाडौं । नरेन्द्र मोदीको भ्रमणबारे नेपाली मिडियामा अलि बढी नै चर्चा भएको हो कि भन्ने प्रश्न उठन् थालेको छ । उता भारतीय मिडियामा पनि मोदीको नेपाल भ्रमणबारे कम्ता हल्लीखल्ली छैन । नेपालको मामिलामा यसपटक भारतीय मिडियाले विगतमा भन्दा अलि बढी नै चर्चा परिचर्चा र विश्लेषण गरिरहेका छन् ।

भारतीय मूलधारका सञ्चार माध्यमहरुमा नरेन्द्र मोदीलाई नेपालले विशेष सम्मान दिन लागेको चर्चा भइरहेका बेला त्यहाँको राजनीतिक एवं कुटनीतिक वृत्तमा पनि मोदी भ्रमणले तरंग छाएको छ । यसै विषयलाई लिएर विगत मनमोहन सिंहको सरकारले नेपाललाई हेपेको विश्लेषण समेत भारतीय मिडियाले गर्न थालेका छन् ।
भारतीय नेता र बुद्धिजिवीले मोदी सरकारले मनमोहन सिंह नेतृत्वको युपीए सरकारले बिगारेको नेपाल-भारत सम्बन्धलाई सुधार गर्नुपर्ने सुझाव दिएका छन् । सामाजिक सञ्जालहरुमार्फत उनीहरुले मोदीको नेपाल भ्रमणलाई विशेष महत्व दिँदै ‘नेपालसँग बिग्रिएको सम्बन्ध’ सुधार हुने अपेक्षा गरेका छन् ।
mukhta abbasमोदीको दल पार्टी भारतीय जनता पार्टीका उपाध्यक्ष मुख्तार अब्बास नक्बीले मोदीको नेतृत्वमा भारतले छिमेकीसँग यसअघि बिग्रिएको सम्बन्ध सुधार गर्ने बताएका छन् । उनी लेख्छन् ‘नेपालसँगको सम्बन्धमा मोदी भ्रमणले नयाँ इतिहास बनाउनेछ’ ।
हालैको विदेशमन्त्री सुष्मा स्वराजको भ्रमण र अब हुने प्रधानमन्त्रीको भ्रमणले नेपाल भारतको कति प्राथमिकतामा छ भन्ने स्पष्ट हुने भाजपा नेता बिजय जोलीले समेत उल्लेख गरेका छन् । ‘नेपाललाई मोदी सरकारले सबभन्दा नजिक र उच्च प्राथमिकताको मित्रका रुपमा व्यवहार गर्नेछ’ जोलीले भनेका छन् ।
आम आदमीको प्रशंसाyogendra yadav
मोदीका प्रखर विरोधी भारतको विपक्षी आम आद्मी पार्टीका दोस्रो नेता योगेन्द्र यादवले समेत नेपालप्रति मोदी सरकारले देखाएको महत्वको प्रशंसा गरेका छन् । सामाजिक सन्जाल ट्वीटरमार्फत यादवले भनेका छन् ‘सुष्मा स्वराजले नेपालसँग असल र मैत्रीपूर्ण सम्बन्धको शुरुवात गरेकी छन्, यो बिगतमा युपीए सरकारले नेपालसँग गरेको हेपाहा सम्बन्धमा सुधारको राम्रो उपाय हो’ ।
भारतको बरिष्ठ पत्रकार विद्याधरणले सामाजिक सञ्जाल ट्वीटरमार्फत मनमोहन सिंहले १० वर्षसम्म प्रधानमन्त्री हुँदा पनि छिमेकको भ्रमण नगरेर हेपेको टिप्पणी गरेका छन् । ‘मनमोहनको हेपाहा नीतिलाई मोदीले सच्याउनुपर्छ र समान सम्बन्ध बिकास गर्नुपर्छ’ उनले लेखेका छन् ।
SD muniयसअघि नेपाल मामिला विज्ञ एसडी मुनीले पनि अब मोदीले विगतको सरकारका पालामा जस्तो कर्मचारी र खुफिया संयन्त्रमार्फत नेपालसँग सम्बन्ध राख्नुको साटो माथिल्लो तहबाट सम्बन्ध बढाउनुपने सुझाव दिएका छन् । नेपालमा चीनको प्रभाव रोक्न पनि भारतले नेपालसँग माथिल्लो स्तरको सम्बन्ध बनाउनुपर्ने भारतीय बुद्धिजीवीहरुको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment