Comments Add Comment

जापानको सडकमा पैसा मागेर नेपाली विद्यार्थीलाई सहयोग

solar-light-for-nepalese-student
१५ साउन, काठमाडौं । जापानका विद्यार्थीहरुले दुई वर्षसम्म सडकमा मागेर संकलन भएको रकमबाट नेपालका अनाथ बालबालिकाहरुलाई सहयोग गरेका छन् ।
जापानको कोबेस्थित कोबे रिउकोकु जुनियर एण्ड सिनियर हाइस्कूलका विद्यार्थीहरुले नेपालको अनाथ बालबालिकाहरुका लागि सहयोग गर्न दुई वर्षसम्म हरेक महिनाको दुई दिन रकम संकलन गरेका हुन् ।
करिब ७ बर्ष अघि एसिया फ्रेण्डसिप नेटवर्कमार्फत नेपालको प्राथमिक विद्यालयहरुका शिक्षक-शिक्षिकाहरुलाई जापानीज शिक्षण विधिको तालिम दिन नेपाल आइपुगेका जापानीज प्रशिक्षक कुरियामा मासायुकीले नेपालको लोडसेडिङका बारे आफ्ना विद्यार्थीहरुलाई जानकारी गराएपछि रकम संकलन थालिएको थियो ।
नेपालको काठमाडौं, काभ्रे, पर्सा र कास्कीका दुई सय जना शिक्षक-शिक्षिकालाई प्रशिक्षण दिएका मासायुकीले काठमाडौंका विभिन्न बालआश्रमको पनि भ्रमण गरेका थिए । लोडसेडिङ समस्याका कारण अनाथ आश्रममा आश्रति बालबालिकाहरुले उज्यालोमै खान खाएर सुत्नुपर्ने, होमवर्क गर्न नसक्ने र पढ्न नभ्याउने समस्या प्रत्यक्ष देखेको बताएपछि उनका विद्यार्थीहरुको जुनियर भोलेन्टियर क्लबले जापानका सडकमा रकम संकलन अभियान सुरु गरेको थियो ।
दुई बर्षको अवधिमा संकलित चार लाख रुपैंयाबाट भक्तपुरस्थित नवयुवा बाल सुधार समाजलाई सोलार हस्तान्तरण गरिएको छ । नेपाल भ्रमणमा रहेका मासायुकी र एसिया फ्रेन्डसिप नेटवर्कका दक्षिण एसिया प्रतिनिधि गणेशमान लामाले बालआश्रममै पुगेर सौर्य बिजुली हस्तान्तरण गरेका हुन् ।
नेपालका अनाथ तथा असहाय बालबालिकालाई सहयोग गर्न पाउँदा आफू र आफ्ना विद्यार्थी खुसी भएको मासायुकीले बताए । नेपाल र जापानका विद्यालयबीच मैत्री सम्बन्ध कायम गरी बिद्यार्थी र शिक्षक आदानप्रदान गर्ने उद्देश्यका साथ अहिले आफू नेपाल भ्रमणमा रहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment