Comments Add Comment

झोले विद्यालयलार्इ रकम दिने चार जिशिअसहित दशविरूद्द मुद्दा

Akhtiyar Durupayog१५ साउन, काठमाडौं । पर्साको मिर्जापुर गाविस-६, बघमरीस्थित एक झोले विद्यालयलार्इ रकम निकाशा गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग जिल्ला शिक्षा कार्यालयका चारजना तत्कालीन जिशिअहरू विरूद्द विहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

मिर्जापुर-६ मा खडा गरिएको राम प्रावि नामको झोले विद्यालयलार्इ आव०६४।६५ देखि०६९।७० रकम निकाशा गरेको जनाउँदै अख्तियारले तत्कालिन जिशिअ सदानन्द झा, कामु जिशिअहरू रामविनय कुमार सिंह र केदार तिवारी तथानिमित्त जिशिअ सुरेशप्रसाद सिंहसहित १० जना विरूद्द अख्तियारले मुद्दा दर्ता गरेको हो ।

नक्कली विद्यालयलार्इ रकम निकाशा गराउन सघाउने जिशिका पर्साका, श्रोतव्यक्ति ईन्द्रजित श्रीवास्तव, ईन्जिनियर नविनकुमार सिंह, झोले विद्यालयका तत्कालीन प्रधानाध्यापकहरू जितेन्द्र यादव र गगनदेव यादव, विद्यालयनिर्माण समितिका अध्यक्ष पन्नालाल यादव, र तत्कालीन अस्थाई शिक्षक रामपुकार यादवविरूद्द पनि मुद्दा दर्ता गरिएको छ ।

उनीहरूबाट बिगोस्वरूप८७ लाख ७३ हजार ८ सय ३३ रूपैयाँ विगो असुल्न माग गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment