Comments Add Comment

आफ्नो जिवनसाथीलाई भन्नैपर्ने ५ कुरा

sayजिवनमा केही कुराहरु यस्ता हुन्छन् जो आफु बाहेक अरु कसैलाई पनि थाहा दिइँदैन, चाहे त्यो आफ्नो सबैभन्दा नजिकको जिवनसाथी नै किन नहोस् । तर केही कुराहरु यस्ता हुन्छन् जो आफ्नो पार्टनर तथा जिवनसाथीलाई भन्नैपर्ने हुन्छ । यस्ता कुरा लुकाइयो भने दाम्पत्य सम्बन्धकै औचित्य हुँदैन र आपसी सम्बन्धमा रहेको विश्वास डगमगाउँछ । सुमधुर सम्बन्धका लागि जिवनसाथीलाई भन्नैपर्ने कुरा यस्ता छन् :
१. सहवास ? अहिले भो है :  तपाइँ तत्काल सम्भोगका लागि मूडमा हुनुहुन्न तर पार्टनरले तपाइँलाई आग्रह मात्र होइन कर नै गरेको हुनसक्छ । तर तपाइँ यो मामिलामा बोल्नैपर्ने हुन्छ, मनमा कुरा लुकाउनु हुँदैन । आफुलाई सहवासमा रुची छैन भने आफ्नो पार्टनरसँग भन्नुहोस् र कुरा बुझाउनुहोस् । दुबैजना तयार नभएसम्म गरिने सम्भोग रुचिकर हुँदैन र निरर्थक हुन्छ भन्ने कुराको बोध गराउन सक्नुपर्छ, ता की दुबैजनाको मूड खुलेको बेलासम्म पार्टनरले पर्खिन सकोस् ।
२.मेरो अपेक्षा :  विवाह नगर्दैको पार्टनरसँगको हकमा विचार गर्दा यो सम्बन्ध कतातर्फ जाँदैछ ? के तपाइँ केही फाइदाका लागि कसैसँग सम्बन्धमा हुनुहुन्छ ? के सोही मानिससँग जिवन बिताउने निष्कर्षमा हुनुहुन्छ ? यस्ता कुरामा तपाइँले पार्टनरलाई खुलस्त बताउनुपर्छ । तपाइँ दुइ बीचको सम्बन्धमा उसले कस्तो अपेक्षा राखिरहेको छ भन्ने कुरा पनि तपाइँले थाहा पाउनैपर्छ ।
३.किनमेलको कुरा :  चाहे बिहे गरिसकेको पती पत्नीबीच होस् वा बिहे नगर्दैको पार्टनरबीचमा । किनमेलको कुरामा खुलस्त हुनुपर्छ । सानोतिनो कुराको किनमेलमा त सबै कुरा भनिरहनु आवश्यक छैन, तर यदि तपाइँ कुनै महंगो चिज किन्दै हुनुहुन्छ भने यसको बारेमा पार्टनरलाई जानकारी गराउनुहोस् वा स्विकृति लिनुहोस् । यसका कारण तपाइँले किनेको महंगो चिजका कारण तपाइँको पार्टनरमा आशंका पैदा नहोस्, पैसाको स्रोत वा वेवास्ताको आभाषका कारण ।
४. परिवारका सदस्यका नराम्रा व्यवहारबारे खुलस्त भन्नुहोस् । तपाइँले आफ्नो जिवनसाथीको घर जो तपाइँको नयाँ सम्बन्ध गाँसिएको घर हो, त्यहाँका आफन्तको व्यवहार तथा बोली चित्त बुझाउनुभएको छैन भने आफ्नो जिवनसाथीलाई खुलस्त भन्नुहोस् । कोही सदस्यले तपाइँको खेदो खनिरहेका छन्, चित्त दुखाएका छन् वा कुनै आरोप लगाएका छन् र सम्बन्धमा अड्चन आउने खतरा उत्पन्न भएको छ भने जिवनसाथीलाई भन्नुहोस् । आफ्नो घरका मान्छेको कुरा लगाउँदा पार्टनर रिसाउला भन्ने नसोँच्नुहोस् । खुलस्त पार्नुभयो भने यसबाट आपसी चिसोपना, खटपट तथा खराब व्यवहार सुल्झाउन सहज हुनेछ र परिवार सँगको सम्बन्ध पनि सुमधूर हुनेछ ।
५.एकान्त चाहियो ? भनिहाल्नुस् :  चाहे बिहे भैसकेपछि होस् वा अफेयरमा । तपाइँले केही समय एकान्तवास चाहनुभयो भने त्यस्तो मौका जुराउनुपर्छ । तपाइँलाई आफ्नो तनावको व्यवस्थापन, योजना निर्माण, अध्ययन जस्ता कुराहरुका लागि एकान्तवासको आवश्यकता पर्नसक्छ । यस्तोमा तपाइँले खुलस्त आफ्नो पार्टनरसँग भन्नुहोस् ता की एक्लै बस्ने कुराले दुइ जनामा द्वन्द सिर्जना नहोस् । तपाइँले केही नभनिकन कतै हिँड्नुभयो वा व्यवहार परिवर्तन गर्नुभयो भने जिवनसाथीमा अविश्वास सिर्जना हुनसक्छ र सम्बन्धमा खराबी आउनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment