Comments Add Comment

सीपी गजुरेलविरुद्ध खनिए १५ दलका नेता

१७ साउन, काठमाडौं । एकीकृत नेकपा माओवादीको नेतृत्वमा रहेको ३३ दलीय मोर्चाभित्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विषयलाई लिएर खटपटी सुरु भएको छ । मोर्चामा आवद्ध १५ दलले शनिबार अलग्गै भेला गरेर माओवादी उपाध्यक्ष सीपी गजुरेलको आलोचना गरेका छन् ।

मोर्चामा आवद्ध राष्ट्रिय एकता मञ्चका अध्यक्ष शोभाराय थापाले भने-‘माओवादीका उपाध्यक्ष सीपी गजुरेलले मोदीलाई स्वागत गर्न आतुर छौं भनेर भाषण गरे, यता हामीलाई चाँहि मोदीको विरोधमा उतारिँदैछ, हामी ३३ दललाई देखाएर माओवादीले बार्गेनिङ गर्न खोज्यो ।’

शनिबार आयोजना गरिएको १५ दलको अलग्गै भेलामा सामाजिक लोकतन्त्रवादी पार्टीका पासाङ शेर्पा र नेकपा संयुक्त मार्क्सवादीका प्रकाश अधिकारी लगायतको सहभागिता थियो ।

उता आइतबार मोदी आउने दिन वैद्य माओवादी नेतृत्वको ३३ दलीय मोर्चाकै नाममा रत्नपार्कमा विरोध प्रदर्शनको आयोजना गरिएको छ । १५ दलले भने सो आन्दोलनमा सहभागी नहुने बताएका छन् ।

उनीहरुले भारतीय प्रधानमन्त्रीको भ्रमणका बेला सम्झौता गर्दा राष्ट्रिय हितको प्रतिकूल नहुने गरी गर्नुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment