५ भदौ, काठमाडौं । राजनीतिक सम्वाद समितिका सभापति डा. बाबुराम भट्टराईले नयाँ संविधानमा समेट्नुपर्ने विषयमा सुझाव लिन विभिन्न दलका युवा नेताहरुसँग छलफल गरेका छन् ।
सिंहदरबारस्थित समितिको कार्यालयमा विहीबार आयोजित छलफलमा एमालेका योगेश भट्टराई, रविन्द्र अधिकारी, रामकुमारी झाँक्री, भानुभक्त ढकाललगायतको उपस्थिति थियो । नेपालीका कांग्रेस तर्फबाट सुरेन्द्र पाण्डे, बद्री पाण्डे, धनराज गुरुङ लगायत सहभागी थिए । गगन थापालाई निम्त्याइएको भए पनि उपस्थित थिएनन् ।
छलफमा एमाओवादीका हेमराज भण्डारी, गणेशमान पुन, बलावती शर्मा, प्रभु साह लगातको उपस्थिति थियो भने मधेसी दलका तर्फबाट अभिषेकप्रताप साह, जीतेन्द्र सोनाल लगायतले समितिलाई सुझाव दिएका थिए ।
युवा नेतासँगको छलफल पछि विहीबार दिउँसो डा. भट्टराईले मधेसवादी दलहरुसँग संविधान निर्माणबारे छुट्टै छलफल गरेको छन् ।
संविधानमा समेट्नुपर्ने विषयमा सुझाव संकलन गर्ने अभियोनमा डा. भट्टराई सक्रिय बनेका हुन् । बुधबार भट्टराईले नागरिक समाजका अगुवा, मानवअधिकारवादी, पेशाकर्मी एवं निजी उद्योगी व्यवसायीसँग परामर्श गरेका थिए ।