Comments Add Comment

सुकुम्बासी आयोग गठनमा कांग्रेसको आपत्ति

७ भदौ, काठमाडौं । एमालेले एकतर्फी रुपमा सुकुम्बासी आयोग गठन गरेको भन्दै सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

सत्ता साझेदार कांग्रेस र एमाले शीर्ष नेताहरुको बैकमा कांग्रेसले एकतर्फी रुपमा आयोग गठन भएको भन्दै आपत्ति जनाएको हो । ‘संविधान निर्माणका विषयमा सहमति जुटाउन छलफल भइरहेको छ, हामीले एकतर्फी ढङ्गले सुकुम्बासी आयोग गठन भएकोबारे आपत्ति जनायौं’ काँग्रेस उपसभापति रामचन्द्र पौडेलले भने ।

भूमिसुधार मन्त्रालय एमालेको भागमा गरेको छ र हालै मात्र विभिन्न जिल्लामा भूमिसुधार आयोग गठन भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment