Comments Add Comment

विप्लवका छोरा र भतिजीले आत्महत्याको प्रयास गरेको खुलासा

biplop-xora

८ भदौ, काठमाडौं । नेकपा–माओवादी सचिव नेत्रविक्रम चन्दका छोरा नरेन्द्र र भतिजी मञ्जुले आत्महत्याको प्रयासस्वरुप विष सेवन गरेको खुलेको छ ।

शनिबार बेलुका चाबहिलस्थित डेरामा कोही नभएका बेला विप्लवपुत्र नरेन्द्र चन्द र भतिजी मञ्जु चन्द विष सेवन गरेर बेहोस अवस्थामा भेटिएका थिए ।

छिमेकीले भेटेर उनीहरुलाई ओम अस्पतालको आइसीयुमा भर्ना गराएका थिए । सुरुमा उनीहरुलाई कसैले षड्यन्त्रमूलक ढंगले विष खुवाएको अनुमान गरिएको थियो ।

आइतबार बिहान नेत्रविक्रम चन्द र जयन्त चन्दले ओम अस्पताल पुगेर आफ्ना छोराछोरीसँग भेट गरेका छन् । उनीहरुलाई भेटिसकेपछि चन्द दाजुभाइले सञ्चारकर्मीसँग भने–‘आवेशमा आएर उनीहरु आफैंले विष सेवन गरेका रहेछन् ।’

प्रहरीका अनुसार उनीहरुले कोठामा सुसाइड नोट समेत लेखेर विष सेवन गरेका थिए । ‘अहिलेसम्मको अनुसन्धानबाट नरेन्द्र आफैंले सुसाइड नोट लेखेको देखिन्छ’ महानगरीय प्रहरी वृत्त गौशलाका डीएसपी अभिनारायण काफ्लेले अनलाइनखबरसँग भने–‘सुसाइड प्रयास हो भन्नेमा परिवार पनि कन्भिन्स हुनु भएको छ ।’

उनका अनुसार सुसाइड नोटमा सुरुमा हामीले हात्महत्या गरेका हैनौं भनि सुरु गरिएको छ । तर,  अन्त्यमा ‘आफ्नै इच्छा अनुसार गरेको हो । सरी ल ’ भनिएको छ ।

दुबै खतरामुक्त

अहिले नरेन्द्र र मञ्जु दुबैको अवस्था खतरामुक्त रहेको छ । उनीहरु बोल्न सक्ने अवस्थामा फर्किएको पारिवारिक स्रोतले जानकारी दियो ।

नरेन्द्रका पिता विप्लव र मञ्जुका पिता जयन्त दुबै नेकपा–माओवादीका केन्द्रीय नेता हुन् ।  नरेन्द्र भीएस निकेतनमा कक्षा १० मा पढ्ने भने मञ्जु युनाइटेड कलेजमा कक्षा ११ मा पढ्थिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment