Comments Add Comment

मलेसियामा काम गर्ने अवैध कामदार एक सातापछि फर्काइदै

kuala-lumpur-malaysia-photos-2

११ भदौ, काठमाडौ । मलेसियामा अवैधानिक रुपमा बसिरहेका नेपाली कामदारलाई सरकारले आगामी सातादेखि स्वदेश फर्काउने भएको छ ।
अवैधानिक रुपमा मलेसियामा काम गरिरहेकाहरु कुनै पनि बेला पक्राउ पर्न सक्ने हुँदा नेपाली दूतावासले कोपरासी इमिग्रेसन मलेसिया बरहाड र नेपाली ब्यवसायीको समन्वयमा स्वदेश फर्काउन लागेको नागरिक दैनिकले खबर छापेको छ ।

मलेसिया सरकराले ‘गैरकानूनी रुपमा बसेको’ भन्दै पक्राउ गरी जेल हालेका नेपालीलाई पनि चरणबद्ध रुपमा उद्धार गरिनेछ ।
मलेसियास्थित नेपाली राजदूत निरञ्जनमान बस्न्यातले अवैधानिक रुपमा रहेका नेपाली कामदारलाई स्वदेश र्फकने ‘यात्रा अनुमतिपत्र’ (ट्राभल डकुमेन्ट) बनाउँन मंगलवार सूचना जारी गरिएको बताए । सूचनामा आगामी डिसेम्बर ३१ भित्र नेपाल फर्काउने प्रक्रिया सुरु गरिएकोले तत्काल दूतावासमा सम्पर्क गरी यात्रा अनुमतिपत्र बनाउँन आग्रह गरिएको छ ।

दूतावासले पहिलो चरणमा अगष्ट महिनाभरि दैनिक एक सयका दरले स्वदेश फर्काउने छ । दोस्रो चरणमा सेप्टेम्बर महिनापछि दैनिक तीनसयका दरले फर्काइने दूतावासले जनाएको छ ।

मलेसियाका विभिन्न जेलमा ८ सय ५० जना नेपाली कामदार बन्दी अवस्थामा रहेकोले तिनलाई उद्धर गरेर नेपाल पठाउँने पहल भइरहेको पनि राजदूत बस्न्यातले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment