Comments Add Comment

प्रचण्ड-बाबुरामले भने – दोषी हामी नै हौं

Mao-meet
तस्वीरः शिव खकुरेल

११ भदौ, काठमाडौं । एकीकृत नेकपा माओवादीका शीर्ष नेताहरुले पार्टीमा देखिएको समस्याको दोषी आफूहरु नै भएको स्वीकार गरेका छन् । साथै उनीहरुले पूर्वाग्रह त्याएर एक भएर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको पोलिटब्यूरोको अनौपचारिक बैठकमा अध्यक्ष प्रचण्ड, नेता डा. बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटीले नेतृत्व तहबाटै कमजोरी भएको स्वीकार गरेका छन् । ‘हामी रुपान्तरण हुन सकेनौं । गुट छाड्न सकेनौं भन्ने नेताहरुको स्वीकारोक्ति थियो’ एक नेताले भने ।

बैठकमा नेताहरुले एकतावद्ध भएर पार्टीलाई नयाँ शिराबाट अघि बढाउने बताएका छन् ।

एमाओवादी अध्यक्ष प्रचण्डले पार्टी अर्को एमाले बन्न वा विघटनको खतरा रहेको बताए । ‘मुख्य जिम्मेवारी हाम्रो नै हो । रुपान्तरणको सुरुवात हामीबाट गर्नुपर्छ’ प्रचण्डको भनाइ उदृत गर्दै एक नेताले भने । पार्टीमा नेताहरुबीच सहमति हुने तर, तलबाट अनेक कुरा आएपछि फाटो देखा पर्ने गरेको भन्दै उनले पार्टीलाई एकताबद्ध बनाउनु पर्नेमा जोड दिए । 

नेता डा. बाबुराम भट्टराईले पार्टीभित्रको समस्या गम्भीर रहेको भन्दै रुपान्तरणका लागि नेतृत्वमा ठूलो संकल्प आवश्यक भएको बताएका छन् । नेतृत्वले विचार मात्र नभइ संगठन र भावनात्कम रुपमा समेत सबैलाई समेटेर लैजान सक्नु पर्ने उनको भनाइ थियो ।

अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले रुपान्तरणको ठोस योजना बनाउनु पर्नेमा जोड दिए । ‘१,२, ३ गरेर के के गर्ने ठोस योजना बनाऔं’ उनले भने-‘रुपान्तरण गर्ने मात्र भनेर हुने अवस्था छैन ।’

यो पनि पढ्नुस् 

महाधिवेशन आयोजक समिति बनाउने एमाओवादी तयारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment