Comments Add Comment

मानिस वा सामान हराएको सूचना दिन प्रहरीमा छुट्टै सेल

११ भदौ, काठमाडौं । नेपाल प्रहरीले व्यक्ति र सामान हराएको वा फेला पारेको सूचना दिन छुट्टै सेल गठन गरेको छ । महानगरीय प्रहरी आयुत्तको कार्यालय, रानीपोखरी, काठमाडौंमा लस्ट एण्ड फाउण्ड सेल गठन गरिएको प्रहरीले जनाएको छ ।

सामान र व्यक्ति हराएको वा फेला परेको सम्वन्धमा एक द्वार प्रणाली अपनाई छिटो भन्दा छिटो प्रहरी सेवा प्रदान गर्न सेल गठन गरिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी आयुत्तको कार्यालय, रानीपोखरीले कुनै सामान हराए वा फेला पारे, कोहि आफन्त वा साथी भाई हराए वा हराईरहेका व्यक्ति सम्बन्धमा कुनै सूचना भए सेलमा खबर गर्न महानगरवासीहरुलाई अनुरोध गरेको छ । सूचना दिन हटलाइन नं ९८६०-३१२२११ व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment