Comments Add Comment

भोलि काठमाडौंमा देउडा नाच हुने

१४ भदौ, काठमाडौं । भोलि आइतबार काठमाडौंको राष्ट्रिय नाचघरमा देउडा नाच हुने भएको छ ।

बाजुरा साँस्कृतिक प्रतिष्ठानको शनिबार पत्रकार सम्मेलन गरी देउडा संस्कृतिको संरक्षण एवम प्रर्वद्धन र स्रष्टाहरुको सम्मानका लागि देउडा नाचको आयोजना गर्न लागेको जानकारी दिएको छ । 

प्रतिष्ठानका अध्यक्ष लाल बहादुर थापाले राज्यबाट बाजुरालाई उपेक्षा भएको भन्दै आफूहरुे बाजुराको संस्कृति, पर्यटनको प्रर्वद्धन एवम संरक्षण, कला र भाषाको जर्गेनाका लागि पनि कार्यक्रमको आयोजना गरेको बताएका छन् । उनले भने-राज्यले हामीलाई जहिले पनि सौतेनीको जस्तो व्यवहार गर्दै आएको छ । हामी अब सधैं यसरी पछि परेर बस्न सक्तैनौं ।’

कांग्रेस सभासद बद्री पाण्डेले नेपाली भाषाको उद्गम स्थल बाजुरा भएको भन्दै अब कुनै पनि हिसावले यो क्षेत्रलाई हेला गर्न नहुने जिकिर गरे

एमाले सभासद मदन कुमारी शाह (गरिमा)ले बाजुराको परम्परा, संस्कृति, कला र भाषाको संरक्षण एवम् प्रर्वद्धन गर्नका लागि यस्ता खाले कार्यक्रमले टेवा पुर्‍याउने बताइन् ।

बाजुरा जिल्ला सधै उपेक्षित बनेको भन्दै उनले भनिन्-‘हामी संस्कृतिको यति धनी छांै, तर हामीलाई नै राज्यले उपेक्षा गरेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment