Comments Add Comment

काठमाडौं महानगरपालिकामा अख्तियारको छापा

काठमाडौं महानगरपालिकाको कागज पत्र उठाउँदै अख्तियारको टोली । तस्वीरः अजय महर्जन/अनलाइनखबर
काठमाडौं महानगरपालिकाको कागज पत्र उठाउँदै अख्तियारको टोली । तस्वीरः अजय महर्जन/अनलाइनखबर

१५ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अाइतबार कार्यालय समय शुरु हुनासाथ काठमाडौं महानगरपालिकामा छापा मारेको छ ।

अख्तियारबाट खटिएको टोलीले सुनधार बागदरवारस्थित महानगरपालिकाको कार्यालयमा छापा मारि शंका लागेका कागजपत्रहरु जफत गरेको हो ।

महानगरपालिकामा अरबौंको भ्रष्टाचार र अनियमितता भएका हजारौं उजुरी परेपछि अख्तियारले छापा मारेको हो ।
अख्तियारबाट खटिएका ५० जना कर्मचारीले महानगरका प्रायः सबै शाखाबाट कागजपत्रहरु जफत गरेर मुचुल्का उठाएको अख्तियार प्रमुख लोकमानसिंह कार्कीका प्रेस सल्लाहकार ओमबन्धु कार्कीले जानकारी दिए ।

अख्तियारले महानगरपालिकाका ६ ओटा बिभाग र चार आयोजनामा छापा मारेको कार्कीले बताए । चमति जग्गा एकीकरण आयोजना, मनोहरा जग्गा एकीकरण आयोजना, नया बजार जग्गा एकीकरण आयोजना, हनुमान ढोका दरवार संरक्षण आयोजनाका दुई आर्थिक वर्षका कागजपत्र जफ गरिएको छ ।

त्यस्तै शहरी विकास बिभाग, भौतिक योजना बिभाग, प्रशासन बिभाग, आर्थिक प्रशासन बिभाग, वातावरण बिभाग टेकु र जनस्वास्थ्य बिभागमा छापा मारेर आर्थिक वर्ष २०६९/७० र २०७०/ ७१ का शंकास्पद सबै कागज नियन्त्रणमा लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment