Comments Add Comment

बालुवा तस्कारी गर्ने ट्याक्टर प्रहरी नियन्त्रणमा

१६ भदौ, मोरङ । झापा र मोरङको सीमानामा रहेको मावा खोलाबाट अवैधरुपमा बालुवा तस्करी गर्ने एक दर्जन ट्याक्टरलाई प्रहरीले आइतबार राति नियन्त्रणमा लिएको छ । सरकारले खोलाबाट बालुवा, ढुंगा, गिट्टी लगायत निकासीमा रोक लगाएको अवस्थामा ट्याक्टर ब्यवसायीहरुले राति बालुवा तस्कारी गर्ने गरेका छन् ।

राति बालुवा तस्करी बढेको गुनासो आएपछि इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी उर्लाबारीले संयुक्त गस्ती थालेको थियो । सुरक्षागस्ती गर्दा पनि ट्याक्टर ब्यवसायीहरुले निकासी नरोकेपछि प्रहरीले नियन्त्रणमा लिई कारवाही थालेको हो ।

सरकारले असोज १ गतेदेखि निकासी खुल्ला गर्ने निण्र्नय गरिसकेको अवस्थामा रातको समयमा बालुवा तस्कारी गरी १५ सय रुपैयाँको बालुवा ५ हजार रुपैयाँसम्ममा बिक्रि गर्ने गरेको पाइएको छ ।

यसअघि सञ्चारमाध्यममा प्रहरीकै मिलोमतोमा बालुवा तस्करी भएको समाचार प्रकाशित भएपछि बालुवा निकासी रोकिएको थियो । केही दिनअघिदेखि ट्याक्टर ब्यवसायीहरुले खोलाबाट बालुवा निकाल्न थालेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । ट्याक्टर ब्यवसायीहरुले भने मजदुरहरुको रोजीरोटी खोसिनुको साथै ट्याक्टरको ऋण तिर्न समस्या भएकाले निर्वाध निकासी गर्न दिन आग्रह गरेका छन् ।
सरोज बस्नेतबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment