Comments Add Comment

एडीबीको समर्थनमा १७ दलकाे जनकपुर बन्द

Janakpur Bazzar
जनकपुरको एक दृश्य : फाइल तस्बीर

१६ भदौ, धनुषा । एसियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालित एकीकृत सहरी विकास आयोजना कार्यान्वयनको माग गर्दै १७ राजनीतिक दल संलग्न सर्वपक्षीय सर्वदलीय सङ्घर्ष समितिले सोमबार जनकपुर बन्द घोषणा गरेको छ ।

बन्दले जनकपुरबाट बाहिरिने छोटो दूरीका सवारी साधन बिहानदेखि गुडेका छैनन् भने लामो दूरीका सवारीसाधन प्रहरीले स्कटिङ गराई पठाउने गरेको छ ।

बन्दबाट क्षति हुन नदिन जनकपुरका प्रमुख बजार क्षेत्रसहित विभिन्न चोकमा प्रहरी परिचालन गरिएको छ । बन्दबाट जनकपुर क्षेत्रका स्कुल र बजार पूर्णरूपमा प्रभावित भएको छ ।

एडिबी आयोजनाअन्तर्गत छनोट गरिएका ल्यान्डफिल साइटको जिल्लाको फुलगामा मनियारी चौधरीको जग्गा अस्वीकृत भएपछि सर्वदलीय नगरस्तरीय संयन्त्र, एडिबी आयोजना बचाउन सङ्घर्ष समिति र अन्तरपार्टी महिला सञ्जाल संयुक्तरूपमा एडिबी बचाउ अभियान विरोधसहितको कार्यक्रम आयोजना गरी गत महिनादेखि आन्दोलन गर्दै आइरहेका छन् ।

यता एडिबी आयोजनाका लागि नगरपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समितिद्वारा गुठी संस्थानको मातहतमा जनकपुरको मणिमण्डप र बेंगाशिवपुर गाविसस्थित ५२ बिघासहितका जग्गा छनोट गरी प्राविधिक कार्यमा जुटेको बताइएको छ । तर मणिमण्डप तथा ५२ बिघा जग्गा ऐतिहासिक धरोहर रहेको भन्दै सङ्घर्ष समितिले विरोध जनाउँदै फुलगामामा ल्यान्डफिल राख्नुपर्ने माग गर्दै प्रदर्शनमा उत्रेका हुन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment