Comments Add Comment

वीरगन्जमा प्रहरीद्धारा १५ लाखको कपडा बरामद

१६ भदौ, काठमाडौं । अन्चल प्रहरी कार्यालय वीरगंजको सशस्त्र गुल्मले सोमवार बिहान ३ बजे करिब १५ लाख बराबरको कपडा बरामद गरेेको छ ।

भारतबाट तस्कर समुहले भंसार छलि साइकलबाट कपडाहरु चोरीको बाटो भित्रयाइरहेको सुचनाका आधारमा सशस्त्र गुल्मका प्रहरी निरिक्षक मदन यादवको नेतृत्वमा रहेको प्रहरी टोलिले सो परिणामको कपडा पक्राउ गरेको हो ।
वीरगंज उपमहानगरपालिका-१९ इनर्वा गाउमा अञ्चल प्रहरी कार्यालय वीरगंजको शसस्त्र गुल्मको टोलि पुगेपछि तस्कर समुह फरार भएका थिए ।

त्यहा उनिहरुले छोडि भागेको ११ वटा साइकलबाट १५ लाख बराबरको कपडा बरामद भएकेा प्रहरीले जनाएको छ ।
यसैबीच बारा जिल्ला कचोर्वा गाविस-७ बाट प्रहरीले ४ किलो गाजासहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेकेा छ ।

कचोर्वा प्रहरी चौकीका प्रहरी नायब निरिक्षक कृष्णादेव सिंहको नेतृत्वको टोलिले भारत बिहार लखौरा निवासी बलिराम दास, राकेश यादवलाई पक्राउ गरेको हो ।
पक्राउ परेका भारतीय नागरिक र गाजालाई इलाका प्रहरी कार्यालय सिम्रौनगढको जिम्मा लगाइएकेा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment