Comments Add Comment

‘अनेवा पुरस्कार’बाट पत्रकार नारायण अमृत र लेनिन बन्जाडे सम्मानित हुदै

narayan-lenin

१६ भदौ, बेलायत । बेलायतको अन्तर्राष्ट्रिय वाङमय प्रतिष्ठान (अनेवा) पुरस्कारबाट दुई पत्रकार सम्मानित हुने भएका छन् ।

नेपाली साहित्य र पत्रकारितामा सक्रिय भएको भन्दै पत्रकारहरु नेपाल साप्ताहिकका नारायण तिवारी (नारायण अमृत) र कारोबार दैनिकका लेनिन बन्जाडेलाई अन्तर्राष्ट्रिय वाङमय प्रतिष्ठान बेलायतले सम्मान गर्ने भएको हो ।
पत्रकारद्वय तिवारी र बन्जाडेलाई ३० हजार रुपैयाँको ‘अनेवा पुरस्कार’ प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानले जनाएको छ ।

पुरस्कृत पत्रकारहरुलाई केही साताभित्र नेपालमै कार्यक्रम आयोजना गरी प्रतिष्ठानको नेपाल शाखाले सम्मान गर्नेछ । नारायण अमृत लामो समयदेखि कान्तिपुर पब्लिकेसन्सको सह-प्रकाशन ‘नेपाल’मा डेस्क संयोजक छन् ।

बन्जाडे आर्थिक दैनिक पत्रिका ‘कारोबार’का डेस्क संयोजकका रुपमा कार्यरत छन् । सामाजिक सञ्जाल टि्वटरमा सामाजिक विकृति र विसंगतिप्रति तीखो शब्द प्रहार गर्ने दुवै पत्रकारका फलोअर ११ हजारभन्दा धेरै छन्। नेपाली साहित्य क्षेत्रमा समेत कलम चलाउने पत्रकार बन्जाडेका ‘मकै’, डल्लो’, ‘फ्लाईट नं. ७१७’, ‘खुत्रुके’, ‘फिलिम’, ‘नाममा के छ र’ जस्ता रचना राष्ट्रिय दैनिकहरुमा प्रकाशित भइसकेका छन् ।

सन् २०१२ मा बेलायतमा स्थापना भएको अन्तर्राष्ट्रिय वाङमय प्रतिष्ठानले स्थापनाकालदेखि नै हरेक वर्ष नेपाली भाषा, साहित्य र संस्कृतिका लागि योगदान पुर्याउँदै आएका नेपालका साहित्यिक सष्ट्राहरुलाई पुरस्कार प्रदान गर्दै आएको छ ।

प्रतिष्ठानले त्रिभुवन विश्वविद्यालयसँग समन्वय गरी नेपाली डायस्पोरामाथि गर्ने अनुसन्धानका लागि ३० हजार रुपैयाँका दुईवटा र निम्न स्तरबाटमाथि उठ्न खोजेका प्रतिभालाई ५० हजार रुपैयाँको नक्षत्र पुरस्कार पनि दिदै आएको छ ।

प्रतिष्ठानले ‘कमलरीदेखि सभासदसम्म’ पुस्तकका लेखिका पूर्वसभासद शान्ता चौधरीलाई ५० हजार राशीको सन् २०१३ को वाङमय नक्षत्र पुरस्कार प्रदान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment