Comments Add Comment

मंगलवारको दैनिक पत्रिकामा बिजनेश खबर

मंगलवार राजधानीबाट प्रकाशित भएका आर्थिक क्षेत्रका पत्रिकाहरुले सहकारी सम्बन्धी एमाओवादी नेता डा.बाबुराम भट्टराईले ब्यक्त गरेको धारणालाई प्राथमिकताका साथ छापेका छन् ।
कारोबार दैनिकले ‘सहकारी अर्थतन्त्रको खम्बा होइनः भट्टराई’ शीर्षकमा मुख्य खबर छापेको छ । पूर्वप्रधानमन्त्री तथा एमाओवादी नेता बाबुराम भट्टराईले सहकारी क्षेत्रको अंगमात्रै भएको उल्लेख गर्दै अर्थतन्त्रको खम्बा खम्बा हुन नसक्ने बताएका छन् ।

यस्तै, सेना प्रहरीको संख्या बढेको बढ्यै, तीन अर्बको जुत्ता-चप्पल आयात, निगमका कर्मचारीलाई परिवारबेगर पनि भत्ता, नेप्से ६ अंकले घट्यो, राष्ट्र बैंका कर्मचारी आन्दोलित, डीआईजी बढुवामा पनि ‘चलखेल’ लगायतको खबर कारोबार दैनिकमा छ ।

अन्नपूर्ण पोष्टले ‘अर्थतन्त्रको दुई खम्बा निजी र सार्वजनिक’ शीर्षकमा मुख्य खबर छापेको छ । पूर्वअर्थमन्त्री बाबुराम भट्टरार्यले अर्थतन्त्रका दुई वटा मात्र खम्बा हुने र तीन खम्बे अर्थनीतिमा सहकारी नपर्ने धारणा ब्यक्त गरेका हुन् ।

यस्तै, राजस्व छली ब्यापारी कारबाहीमा कर्मचारीलाई उन्मुक्ति, निर्धारित मितिमा पीटीएमा सहमति गर्न आग्रह, सुपारी निर्यात अनुमति एउटा संस्थालाई मात्र दिएको महासंघको भनाई लगायतको खबर अन्नपूर्ण पोष्टले छापेको छ ।

नागरिक दैनिकले ‘तीनखम्बे अर्थनीति अनावश्यक’ शीर्षकमा डा.बाबुराम भट्टराईको सहकारी सम्बन्धी अवधारणालाई नै प्राथमिकताका साथ छापेको छ ।
यस्तै, खिम्ती, भोटेकोसीलाई समितिको पत्र, माथिल्लो तामाकोसीको सेयर दसैंअघि नखुल्ने, एम-६० अझै केही दिन नउड्ने, सुपारी निर्यातमा एकाधिकार नगरिएको उद्योग वाणिज्य महासंघको प्रष्टीकरण दिएको लगायतको खबर नागरिक दैनिकमा छ ।

आर्थिक दैनिकले ‘प्रतिष्पर्धी कम्पनीसँगको मिलेमतोमा मन्त्रीले बनाए टेलिकमलाई धारासायी’ शीर्षकमा मुख्य खबर छापेको छ । सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले प्रतिष्पर्धी एनसेल लगायतको कम्पनीसँग साँठगाँठ गरेर नेपाल टेलिकमलाई धारासायी बनाएको समाचार छ ।

यस्तै, भारतीय नागरिक दमन प्रधानले नेपाली नागरिकता र राहदानी लिएको खुलासा, पीटीए वार्ताको लागि आज कार्यदेश दिइने, बाढीपहिरोमा तीन अर्बको क्षति, सुपारी काण्डामा मन्त्रालयद्वारा महासंघसँग प्रष्टीकरण माग आफ्नै कर्मचारीबाट गभर्नर घेराबन्दीमा लगायतको खबर आर्थिक दैनिकले छापेको छ ।

annpurna-eco

arthik-eco

karobar-eco

nagarik-eco

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment