Comments Add Comment

तीनदलको बैठकमा ढीलो पुग्ने शीर्षनेता को-को ?

prachanda-jn-deuba-sitaula

१७ भदौ, काठमाडौं । संविधानका विवादित विषयमा सहमति गर्ने समयसीमा पाँच दिन मात्रै बाँकी छँदा पनि दलहरुबीच संघीयता, शासकीय स्वरुपसहितको मुख्य विषयमा गहन छलफल हुन सकेको छैन ।

कार्यतालिका कुनै हालतमा संशोधन गर्ने भन्दै संवैधानिक समितिका सभापति डा. बाबुराम भट्टराईले लगातार बैठक राख्दै शीर्षनेताहरुलाई अनिवार्य उपस्थित हुन भनेका छन् ।

तर, भट्टराईको निर्देशनपछिको पहिलो बैठकमा मंगलबार बिहान शीर्षनेताहरु तोकिएको समयमा उपस्थित भएनन् ।

डा. भट्टराईले बिहान ८ बजे सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताहरुलाई बैठकका लागि बोलाएका थिए ।
तर, तोकिएको समयमा डा. भट्टराई र माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाश मात्रै पुगे । हात्तीवनमा बस्ने श्रेष्ठ सार्वजनिक यातायातका साधन चढेर सिंहदरबार पुग्दा पनि पजेरो चढ्ने नेताहरु उपस्थित भएका थिएनन् ।

सिंहदरबारमा बोलाइएको बैठकमा प्रचण्ड र झलनाथ खनाल आधाघण्टा ढीलो पुगे । देउवा र सिटौला भने आधा घण्टा बित्दा पनि बैठककक्षमा पुगेनन् ।

एमाले उपाध्यक्ष बामदेव गौतम ८ बजेर ११ मिनेटमा बैठककक्षमा प्रवेश गरे । एक मिनेटको अन्तरमा एमाले नेता माधवकुमार नेपाल र कांग्रेस उपसभापति रामचन्द्र पौडेल आइपुगे ।

वनमन्त्री समेत रहेका कांग्रेस नेता महेश आचार्य ८ बजेर १८ मिनेटमा प्रवेश गरे । एमाओवादी अध्यक्ष प्रचण्ड भने बैठक कक्षमा पुग्दा ३० मिनेट ढीलो भइसकेको थियो ।

तोकिएको समय आधा घन्टा ढीला हुँदासमेत कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्री कृष्ण सिटौला र एमाले उपमहासचिव विष्णु पौडेलसहितका नेताहरु अनुपस्थित भएपछि सचिवालयका अधिकारीहरुले उनीहरुलाई फोन गरेका थिए ।

नेताहरुले बाटोमा छौं भन्ने जवाफ दिएको स्रोतले बतायो ।
डा. भट्टराईले शीर्षनेताहरुको बैठक सकेपछि बिहान ११ बजे सम्वाद समितिको बैठक बोलाएका छन् । प्रमुख तीन दल र मोहन बैद्य नेतृत्वको नेकपा-माओवादीको बैठक दिउँसो १ बजे राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment