Comments Add Comment

२१ भदौ भित्र सहमति नभए प्रक्रियामा लगिन्छ : नेम्वाङ

१७ भदौ, काठमाडौं । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले नयाँ संविधानका विवादित विषयमा भदौ २१ गतेभित्र सहमति नगरे संविधानसभाको प्रक्रियामा लगेर टुङ्गो लगाइने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले मंगलबार बुझाएको ज्ञापन पत्र बुझ्दै उनले भने-‘विवादित विषयमा सहमति भएन भने असहमतिका विषयसहित मस्यौदा संविधानसभामा पेश गर्न निर्देशन दिइसकेको छु ।’

संविधानसभाका पेश गरेर प्रक्रियाबाट टुङ्गो लगाइन्छ ।’ उनले अब दलहरुसँग तोकेकै समयमा जारी गर्नुको विकल्प नरहेको स्पष्ट पारे ।

कार्यतालिका अनुसार भदौ २१ गतेभित्रै सहमति जुटाउन सम्वाद समितिसहितका समितिका सभापतिहरुसँग छलफल गरेको बताए । सभाध्यक्ष नेम्वाङले भने-संवादसमितिका सभापति बाबुराम जीलाई भनेको छु कि कार्यतालिकाभित्रै काम गरिसक्नुस\ ।’

एक वर्षभित्र संविधान दिने दलहरुको प्रतिबद्धता अनुसार नै कार्यतालिका बनाएको भन्दै उनले तोकिएको समयमा नयाँ संविधानको मस्यौदा जारी गर्न अहोरात्र खट्न समेत आग्रह गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment