Comments Add Comment

रिले अनशनमा बस्ने सुपारी किसानको चेतावनी

१७ भदौ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सुपारी निर्यात गर्दा एकाधिकार कायम गरेको भन्दै झापा र मोरङका किसानहरुले भोलिदेखि रिले अनशन बस्ने चेतावनी दिएका छन् ।

सुपारी किसानहरुको विभिन्न संघ संगठनले मंगलबार संयुक्त पत्रकार सम्मेलन गरी सुपारी कृषकहरुमाथि महासंघको एकाअधिकार अन्य नभए भोलीदेखि महासंघ परिसरमै रिले अनशन बस्ने चेतावनी दिएका छन् ।

उनीहरुले सुपारी निर्यात सम्बन्धी उत्पत्तिको प्रमाणपत्रको तत्काल खारेज गर्नुपर्ने, सहमतिको आधारमा २०६८ को कार्यविधि अनुसार निर्णय गर्नुपर्नेसहितका ३ सूत्रीय माग अघि सारेका छन् ।

सुपारी तस्करीमा नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व पक्ष संलग्न रहेको आशंका व्यक्त गर्दै आफूहरुले गत भदौ ९ गतेदेखि नै शान्तिपूर्ण विरोधका कार्यक्रम गर्दा महासंघले कुनै सुनुवाई नगरेको उनीहरुको आरोप छ ।

कार्यक्रममा सुपारी खेती विकास संस्था, कृषि विकास संघ, नेपाल झापाका अध्यक्ष विष्णु शिवाकोटीले कृषकहरुका प्रतिनिधिमुलक संस्थाहरुलाई व्यवस्थापन गरी निर्यात सम्बन्धी अधिकार प्रत्यायोजन गर्नु पर्ने बताए । शिवाकोटीले भने-‘महासंघका नेतृत्वकर्ताले झापा र मोरङमा पूरानै संस्थालाई गैर कानुनी ढंगले उत्पतिको प्रमाण पत्र जारी गर्ने निर्णय फिर्ता लिनुपर्छ । हामीले शान्तीपूर्ण ढंगले आफनो माँगहरु प्रस्तुत गर्दा पनि महासंघ कानमा तेल हालेर बसेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment