Comments Add Comment

बुटवलमा व्यवसायी श्रेष्ठको हत्या

१७ भदौ, बुटवल । दुर्इ दिनदेखि बेपत्ता रहेका बुटवलका कपडा व्यवसायी दिनेशप्रसाद श्रेष्ठ मृत अवस्थामा भेटिएका छन् ।

तिलोत्तमा नगरपालिका १४ स्थित मौवारी नजिकै सोह्र-छत्तीस कुलोको शाखा सखुवानीमा मंगलबार हत्या गरिएको अवस्थामा उनको शव भेटिएको हो । कुलोमा घोप्टो परेको अवस्थामा श्रेष्ठको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

श्रेष्ठको टाउको, अनुहार र शरीरमा गम्भीर चोट लागेको छ । यद्यपी प्रहरीले भने हत्या वा मृत्यु के हो भन्ने खुलाइसकेको छैन ।

बुटवल वडा नं ६ भुवनेश्वरी मार्ग स्थायी घर भएका श्रेष्ठ डार्सिज इन्टरनेश्नल होटलमा भदौ १५ गते राति साढे १० वजे एक पार्टीमा सहभागी भएर एक्लै वाहिर निस्केका थिए ।

व्यवसायी र श्रेष्ठका आफन्तहरुले श्रेष्ठको सुनियोजित ढंगवाट हत्या भएको भन्दै घटनाको छानवीन गरी दोषीलाई कारवाहीको माग गरेका छन् ।

मगंलवारै उपप्रधानमन्त्री प्रकाशमान सिंह, कांग्रेस सभासद बालकृष्ण खाँडले श्रेष्ठको घरमा पुगी दोषीलाई कानुनी दायरामा ल्याउन सहयोग गर्ने आश्वासन दिएर फर्किएका छन् । श्रेष्ठको मंगलबार सांझ शव यात्रासहित दाहसंस्कार गरिएको छ ।

–कपिल ज्ञवालीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment