Comments Add Comment

एमाओवादी उपाध्यक्ष बोगटीको अवस्था गम्भीर

२९ भदौ, काठमाडौं । हृदयघात र मष्तिकघात भएका एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको अवस्था अत्यन्त गम्भीर भएको नर्भिक अस्पतालले जनाएको छ ।

posta bdr bogati in norvic hospital (3)अस्पतालका नायव महाप्रबन्धक-संस्थागत संचार आरपी मैनालीका अनुसार बोगटीलाई कृत्रिम स्वासप्रस्वास यन्त्र भेन्टिलेटरमा राखिएको छ ।

रक्तचाप अपेक्षित स्तरमा कायम राख्ने औषधीका सातै अन्य जीवनदायी र महत्वपूर्ण औषधीहरुको सहयोगमा उपचार भइरहेको अस्पतालले साँझ विज्ञप्तिमार्फत जनाएको छ ।

परिवार र पार्टीको सल्लाह तथा उपचारमा संलग्न चिकित्सकहरुको रायअनुसार बोगटीको जीवन रक्षाका लागि केवल परम्परागत र जीवनदायी औषधोपचार मात्र अपनाउनु उपुयक्त हुने बताइएको विज्ञप्तिमा उल्लेख छ ।

बोगटीको मस्तिकमा स्वाइलिङ बढेका कारण थप जटिल भएको चिकित्सकहरुले बताएका छन् । मस्तिकको देब्रे भागमा रत्तस्रावसहित रगत जमेको छ भने शरीरको दाहिने भागमा पक्षघात भएको छ ।

यसैबीच प्रधानमन्त्री सुशील कोइराला नर्भिक अस्पताल पुगेर एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको स्वास्थ्य स्थितिको जानकारी लिएका छन् ।

प्रधानमन्त्री कोइरालाले बोगटीको उपचारमा संलग्न चिकित्सकहरुसंग स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् । प्रधानमन्त्रीले उपचारमा सरकारले आवश्यक सहयोग गर्ने भन्दै कुनै कमजोरी हुन नदिन निर्देशन दिएको उनका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिएका छन् ।

सानो भर्‍याङस्थित निवासमै रहेका बेला बोगटीलाई बिहीबार राति हृदयघात भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment