Comments Add Comment

मलेसिया जाँदा लिइने अतिरिक्त भिसा शूल्कबारे संसदीय समितिले छानविन गर्ने

२९ भदौ, काठमाडौं । व्यवस्थापिका संसदको अन्तराष्ट्रिय सम्वन्ध तथा श्रम समितिले वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपालीहरुसँग लिइने ३२ सय अतिरिक्त भिसा शूल्कबारे अध्ययन गर्ने भएको छ ।

समितिले आइतबार यसबारे श्रमराज्यन्त्री टेकबहादुर गुरुङसँग छलफल गरेको छ । तर, यो शुल्क किन लिइएको हो भन्ने प्रष्ट जवाफ नआएपछि समितिले यसबारे थप छानविन गर्ने निर्णय गरेको हो । ‘यो अतिरिक्त शुल्क किन लिइन्छ भन्नेबारे मन्त्री पनि अनविज्ञ जस्तै देखिए’ समिति सभापति प्रभु साहले अनलाइनखबरसँग भने-‘समितिले सम्वन्धित कम्पनीबारे बुझ्दैछ ।’

साहका अनुसार भीएलएन कम्पनीको दर्ता कम्पनी रजिस्टारको कार्यालयमा भएकाले यसबारे कागजपत्र माग गरिएको छ । यस्तै मलेसियास्थित नेपाली दूताबासबाट पनि आवश्यक कागजपत्र मागाउने निर्णय भएको छ ।

वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपालीहरुसँग ४९ सय रुपैयाँ लिइन्छ । यसअघि ७०० मात्र लिइएको भए पनि मलेसियन सरकारले क्याबिनेटबाट निर्णय गरेर झण्डै सात महिनाअघि बढाएर ४९ सय पुर्‍याइएको थियो ।

यस्तै श्रम समितिले श्रम स्वीकृति नलिएका देशमा नेपाली कामदार पठाउने म्यानपावर कम्पनीको खोजी गर्ने भएको छ । यसका लागि उपसमिति बन्ने भएको छ । ‘श्रम स्वीकृति नलिएको देशमा कति कामदार छ, कुन म्यानपावरले पठाउँछन् भन्नेबारे अध्ययन गर्न उपसमिति बन्नेछ’ साहले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment