Comments Add Comment

आयल निगमका डिपो उपनिर्देशकसहित ९७ विरुद्ध भ्रष्टाचारको मुद्दा

 ३१ भदौ, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पेटोलिपम पदार्थ चोरी प्रकरणमा नेपाल आयल निगम भलवारी डिपोका उप-निर्देशकसहित ९७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्धा दायर गरेको छ ।

फाइल फोटो
फाइल फोटो

उप-निर्देशक नागेन्द्रकुमार कुर्मी, सहायक प्रबन्धक अजितकुमार पोखरेल, उपप्रवन्धक कौशवराज आचार्यस सहायक प्रवन्धक दिपकप्रसाद घिमिरे र रविकुमार रावत, प्रवन्धक दिपेन्द्र बस्नेत, पूर्व सहायक प्रवन्धक रामभक्त कार्की र उपप्रवन्धक देबेन्द्रबहादुर केसीविरुद्ध मुद्धा दायर भएको हो ।

यस्तै पेट्रोलियम व्यवसायी-४ जना, ट्यांकर धनी-६६ जना र चालक-१९ जना गरी ९७ जनाविरुद्ध पनि मुद्धा परेको छ ।

भलवारी डिपोमा कार्यरत कर्मचारीले घुस लिइ पेट्रोलियम ब्यबसायी, ट्यांकर धनी एवं चालकहरुको मिलोमतोमा निर्धारित परिमाण भन्दा बढि तेल आयात गर्ने गरेको, र आयातित तेल सिधै डिपोमा नलगी बिच (पडसरी र मधवलिया) मै ट्यांकरको सिल तोडी अनधिकृतरूपमा तेल निकाल्ने गरेको पाइएको अख्तियारले जनाएको छ ।

निर्धारीत परिमाण भन्दा बढी आयात गरिएको पेट्रोलियम पदार्थको राजस्व नतिरेको १ करोड ९ लाख ३६ हजार ४०० र पेट्रोलियम पदार्थ झिकी आयल निगमलाई हानि नोक्सानी पुर्याएको ६ करोड १७ लाख २ हजार ७५३ रूपैयाँ छ । यस्तै कर्मचारीहरुले घूस लिएको ५१ लाख ४५ हजार गरी ७ करोड ७७ लाख ८४ हजार १५४ रूपैयाँ भ्रष्टाचार गरेको अख्तियारको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment