Comments Add Comment

राष्ट्रसंघको कार्यालय अगाडि राउतका समर्थकको प्रदर्शन

Ck-raut-protest

३१ भदौ, काठमाडौं । सीके राउतका समर्थक केही युवाहरुले उनको रिहाइको माग गर्दै मंगलबार संयुक्त राष्ट्रसघको नेपालस्थित कार्यालय अगाडि ब्यानर प्रदर्शन गरेका छन् ।

उनीहरुले राउतलाई स्वतन्त्रताका लागि शान्तिपूर्ण आन्दोलनको ‘महानायक’ समेत भनेका छन् ।  उनीहरुले प्रदर्शन गरेको ब्यानरमा राउतलाई झुठा मुद्दा नलगाउन र रंगभेदी हिंसा अन्त्य गर्न माग गरिएको छ ।

प्रदर्शनकारीहरुलाई राष्ट्र संघका आवासीय प्रतिनिधि ज्यामी म्याकगोल्डि्रकले कार्यालय बाहिर आएर भेटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment