Comments Add Comment

कमल थापाका दुई जिल्ला कार्यालय लावतीको कब्जामा

१ असोज, काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालका दुईवटा जिल्ला कार्यालय पदमसुन्दर लावती पक्षले कब्जा गरेर आफ्नो सम्पर्क कार्यालय बनाएका छन् ।

त्यसरी कब्जा गरिएका दुई कार्यालयहरु लावतीको गृह जिल्ला पाँचथर र ताप्लेजुङ रहेका छन् । ‘करिब ४० जिल्लामा हामीले सम्पर्क कार्यालयहरु खोलिसकेका छौं,’ राप्रपा नेपालका विद्रोही पक्षका नेता सगुन लावतीले अनलाइनखबरसँग भने,’ पाँचथर र ताप्लेजुङमा पार्टी कार्यालय नै हाम्रो पक्षमा आएकाले छुट्टै सम्पर्क कार्यालय खोलिरहनु परेन ।’

गाडी नपाएपछि गुटको भेला स्थगित

कमल थापाविरुद्ध समानान्तर कमिटी बनाउँदै आएको लावती पक्षले असोज ३ र ४ गते राजधानीमा गर्ने भनेको राष्ट्रिय कार्यकर्ता भेला स्थगित भएको छ । ‘दशैंका कारण कार्यकर्ताहरुले राजधानीबाट घर र्फकने टिकट नपाउने भएकाले सम्मेलन स्थगित भएको हो,’ लावतीले भने गाडी रिजर्भ गर्न खोज्दा पनि पाइएन ।’

स्थगित गरिएको भेला मंसिर ५ र ६ गते गर्ने राप्रपा नेपाल सुदृढीकरण अभियानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment