Comments Add Comment

भ्रष्टाचारका अभियुक्त’लाई सभासद बनाउनु गलतः लावती

२ असोज, राप्रपा नेपालका नेता पदमसुन्दर लावतीले  भ्रष्टाचारको अभियोग लागेर छानविनको दायरामा रहेका गणेश थापालाई सभासद बनाइएको भन्दै आपत्ति जनाएका छन् ।
दरबारमार्ग स्थित येल्लो प्यागोडा होटलमा आयोजित पत्रकार सम्मेलनमा असन्तुष्ट नेता लावतीले भने- ‘मन्त्रिपरिषद्बाट मनोनित हुने २६ सभासद पदका लागि भ्रष्टाचारको अभियोगमा छानविनको क्रममा रहेका सहोदर भाइलाई पार्टी अध्यक्षले चयन गर्नु व्यक्तिवादी, अवसरवादी चरीत्रको निरन्तरता हो ।’
लावतीले अध्यक्ष कमल थापाको कडा आलोचना गर्दै भने- ‘व्यक्तिगत स्वार्थसिद्ध गर्न पार्टीलाई प्रयोग गर्ने, विधान र महाधिवेशनको मर्म विपरीत लचकताको परिभाषा गर्ने, आधारभूत प्रजातान्त्रिक मान्यता प्रतिकूल पार्टीभित्र फरक मतलाई स्थान नदिने, भिन्नमतको सम्मान नगर्ने जस्ता अनुदार कार्यशैलीबाट पार्टीमा एकलौटी गर्ने पार्टी अध्यक्षको मनोकांक्षा देखिन्छ ।’

याे पनि पढ्नुहाेस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment