Comments Add Comment

सीके राउतलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

३ असोज, काठमाडौं । विशेष अदालतले डा. सीके राउतलाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

बन्द प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतमा सुनुवाइ हुन नसकेपछि प्रहरीले उनलाई म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराएको थियो । अदालतले थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

यसअघि प्रहरीले उनलार्इ सर्वोच्च अदालतमा पुर्‍याएको थियो । न्यायाधीश कल्याण श्रेष्ठ र गोविन्दकुमार उपाध्यायको इजलासमा पेशी थियो । तर, समय अभावमा कारण सुनुवाइ हुन सकेन ।

 प्रहरीले बिहीबार उनलाई बिराटनगरबाट काठमाडौं ल्याएर विशेष अदालतमा पेश गरेको थियो । राज्यविरुद्धको अपराधमा अनुसन्धानका लागि २५ दिनको समय मागेपनि अदालतले २४ घन्टा मात्र दिएको थियो ।

राउत गत शनिबार मोरङको रंगेलीबाट पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment