Comments Add Comment

वैद्यखानाका औषधिमा व्याक्टेरिया

८ असोज, काठमाडौं । सरकारी स्वामित्वको सिंहदरबार वैद्यखानाद्वारा उत्पादित आयुर्वेदिक औषधिमा मानव शरीरलाई हानि पुर्‍याउने ब्याक्टेरिया भेटिएको छ । औषधि व्यवस्था विभागले गत आर्थिक वर्ष गरेको परीक्षणमा पाँचवटा औषधिमा ‘इकोलाई, साल्मोनेला’ जस्ता ब्याक्टेरिया भेटिएको हो ।

वैद्यखानाले उत्पादन गरेका पुस्यानुग चुर्ण (एसपीवाई ०३), चन्दानदी चुर्ण (एससीसी १३), स्रिङयादी चुर्ण (एसएसआर १२), यास्थिमान्ढु चुर्ण (एसवाईसी १५) र हिङ भास्टक चुर्णमा इकोलाई तथा साल्मोनेला ब्याक्टेरिया भेटिएको नयाँ पत्रिकामा खबर छ ।

‘विभागको टोलीले बजार अनुगमन गर्दा वैद्यखानाका औषधिको गुणस्तरमा शंका लागेपछि माइक्रोवेल टेस्ट गरिँदा ब्याक्टेरिया पाइयो,’ विभागका महानिर्देशक गजेन्द्र भुजूले भने, ‘परीक्षणमा ब्याक्टेरिया भेटिएका सबै औषधि बजारबाट फिर्ता गराइएको छ ।’ औषधिमा सुक्ष्म जीवाणु भए-नभएको पत्ता लगाउन माइक्रोवेल टेस्ट गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment