Comments Add Comment

पाँच मुलुकसँग बिप्पाको तयारी, चीनसँग चाँडै

Bippa२२ असोज काठमाडौं । सरकारले पाँचवटा मुलुकसँग लगानी प्रवर्द्धन तथा सुरक्षण प्रत्याभूति सम्झौता (बिप्पा) गर्ने तयारी गरेको छ ।

चीन, टर्की, संयुक्त अरव इमिरेट्स, पाकिस्तान र कतारसँग बिप्पाको तयारी गरेको हो । विप्पासम्झौतासँगै ती देशबाट नेलामा लगानी बढ्ने सरकारको विश्वास छ ।

मन्त्रालयले आगामी मंसिर महिनाभित्र चीनले पठाएको मस्स्यौदा परिमार्जन गरी चिनियाँ सरकारलाई पठाउने तयारी गरिरहेको उद्योग मन्त्री महेश बस्नेतले जानकारी दिए ।

चीन सरकारद्वारा प्रस्तावित बिप्पाको मस्यौदामा भने सरोकारवाला निकायका पदाधिकारीसँग छलफल गरी उद्योग मन्त्रालयले नेपालका तर्फबाट प्रारम्भिक मस्यौदा तयार पारिसकेको जनाएको छ ।

‘उद्योग मन्त्रालय औद्योगिक प्रवर्द्धनमा आइपर्ने व्यवधान हटाउन सदैब तयार छ’ उनले भने । लगानी प्रवर्द्धन गर्नु उद्योग मन्त्रालयको मूख्य काम भएकाले त्यसका लागि बिप्पा अपरिहार्य रहेको उनको भनाई थियो ।

टर्की, संयुक्त अरब इमिरेट्स, पाकिस्तान र कतारले प्रस्ताव गरेको बिप्पाको मस्यौदामाथि उद्योग मन्त्रालयले टिप्पणी लेखिसकेको छ । मन्त्रालयको टिप्पणी परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित देशमा पठाउने काम भइरहेको उद्योग मन्त्रालयले जनाएको छ ।

यसअघि डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला सरकारले भारतसँग बिप्पा सम्झौता गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment