+

दोस्रो संस्करणको इन्डोर सुपर लिगको खेलाडी अक्सन सोमवार हुँदै

२०८३ असार  १३ गते २२:३६ २०८३ असार १३ गते २२:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इन्डोर सुपर लिगको दोस्रो संस्करणका लागि खेलाडी अक्सन आउँदो सोमबार असार १५ गते काठमाडौंमा हुने भएको छ ।
  • दश टोलीको सहभागिता रहने यस प्रतियोगिता आउँदो भदौ १७ गतेदेखि सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।
  • प्रबन्ध निर्देशक ज्योति भण्डारीले दोस्रो संस्करण पहिलोभन्दा अझ भव्य, व्यवस्थित र प्रतिस्पर्धात्मक हुने विश्वास व्यक्त गरेका छन् ।

१३ असार, काठमाडौं । इन्डोर सुपर लिग (आईएसएल)को दोस्रो संस्करणका लागि खेलाडी अक्सन पर्सि सोमबार असार १५ गते काठमाडौंमा हुने भएको छ ।

काठमाडौं स्पोर्ट्स इभेन्टस् प्रालिको आयोजनामा हुने लिगमा १० टोली सहभागी हुँदै छन् । पहिलो संस्करणमा ८ फ्रेन्चाइज टोली सहभागी भएकोमा यस वर्ष दुई नयाँ टोली थपिएको हो ।

यस संस्करणमा टोलीहरूको नाम पनि शहर तथा प्रदेशको पहिचान झल्किने गरी परिवर्तन गरिएको छ । इन्डोर सुपर लिगका प्रबन्ध निर्देशक ज्योति भण्डारीले नयाँ टोली पहिचानले क्रिकेटप्रेमी र दर्शकमाझ थप उत्साह सिर्जना गरेको बताउँदै दोस्रो संस्करण पहिलोभन्दा अझ भव्य, व्यवस्थित र प्रतिस्पर्धात्मक हुने विश्वास व्यक्त गरेका छन् ।

दोस्रो संस्करणमा काठमाण्डौ कैलाश किंग्स, सुदूरपश्चिम टाइगर्स, द लुम्बिनी योर्कर्स, मिक्समाण्डु, ललितपुर अलस्टार्ज, विराटनगर ब्याटालियन, जनकपुर किंग्स, बुटवल एम्पायर, पोखरा वारियर्स र रअ हेटौंडा रोयल्स रहेका छन् ।

प्रतियोगिता आउँदो सेप्टेम्बर २ अर्थात् भदौ १७ गतेदेखि सञ्चालन हुनेछ् । आईएसएलको पहिलो संस्करणको उपाधि अनमोल पायोनियर्सले जितेको थियो ।

फ्रेन्चाइज प्रणालीमार्फत नेपाली इन्डोर क्रिकेटको विकास, नयाँ प्रतिभाको पहिचान र खेललाई व्यावसायिक रूपमा स्थापित गर्ने उद्देश्यसहित इन्डोर सुपर लिगको दोस्रो संस्करण आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

इन्डोर सुपर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय