News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं महानगर कप वडा स्तरीय ब्याडमिन्टन प्रतियोगितामा पुरुष, महिला तथा मिक्स डबल्सतर्फका सेमिफाइनल समीकरण पूरा भएको छ ।
- प्रतियोगिताको आइतबार हुने अन्तिम दिनमा सेमिफाइनल र फाइनल गरी विजेताको टुङ्गो लाग्नेछ ।
- राजधानीको सबैभन्दा ठूलो मानिएको यस प्रतियोगितामा महानगरका ३२ वटै वडाका प्रतिनिधिहरूले सहभागिता जनाएका छन् ।
१३ असार, काठमाडौं । काठमाडौं महानगरपालिका तथा काठमाडौं जिल्ला ब्याडमिन्टन संघको संयुक्त आयोजनामा जारी ‘काठमाडौं महानगर कप वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता २०८३’मा पुरुष, महिला तथा मिक्स डबल्सतर्फ सेमिफाइनल समीकरण पूरा भएको छ ।
काठमाडौं १५ डल्लुस्थित एनओसी भूकम्प स्मृति कभर्ड हलमा शनिबार समूह चरणका बाँकी २४ खेलहरु भए । त्यस्तै पुरुष एकल, महिला एकल र मिक्स डबल्सतर्फका नकआउट चरणका खेलहरु समेत सुरु भएका थिए ।
पुरुष एकलतर्फ वडा नं १० का बबिश थापा, २८ का गौरव तण्डुकार,१५ का स्वयम मानन्धर र ४ का सुशान्त प्रजापति सेमिफाइनलमा प्रवेश गरेका छन् ।
क्वार्टरफाइनलमा बबिशले कुमारबहादुर अर्याललाई तथा गौरवले रितेशराज श्रेष्ठलाई पराजित गरे । यसैगरी स्वयमले बिक्की श्रेष्ठलाई हराउँदा सुशान्तले आयुष विक्रम शाहको चुनौती पन्छाए ।
महिला एकलतर्फ वडा नं १५ की अजारेन्का शेर्चन, १५ कै श्रेया महर्जन, २३ की सम्रिना श्रेष्ठ र ६ की शिस्तता कुइकेल सेमिफाइनल पुगेका छन् । सहभागी ११ महिला खेलाडीलाई दुई समूहमा विभाजन गरिएको थियो । समूहका शीर्ष दुई टोली अन्तिम चारमा प्रवेश गरेका हुन् ।
शनिबारबाट मात्र मिक्स डबल्सका खेलहरु सुरु भएका थिए । अनिश आर तुलाधररविद्या श्रेष्ठ, सक्षम ढकालरविभा थापा, राजु देउजारअम्बिका पण्डित क्षेत्री तथा नरेश श्रेष्ठरपुन्सोभा महर्जनको जोडीले सेमिफाइनलसम्म यात्रा तय गरेका छन् ।
आइतबार प्रतियोगिताको अन्तिम दिन सेमिफाइनल र फाइनल खेलहरु हुनेछन् । महिला एकलको पहिलो सेमिफाइनलमा अजारेन्का शेर्चन र श्रेया महर्जन आमने–सामने हुनेछन् । दोस्रो सेमिफाइनलमा सम्रिना श्रेष्ठ र शिस्तता कुइकेलबीच प्रतिस्पर्धा हुनेछ ।
पुरुष एकलको पहिलो सेमिफाइनलमा बबिश थापाले गौरव तण्डुकारको चुनौती सामना गर्नेछन् । अर्को सेमिफाइनलमा स्वयम मानन्धर र सुशान्त प्रजापतिबीच प्रतिस्पर्धा हुनेछ ।
मिक्स डबल्सको सेमिफाइनलमा अनिशरविद्याको जोडीले राजुरअम्बिकाको सामना गर्नेछ । त्यस्तै सक्षमरविभा र नरेशरपुन्सोभाको जोडी अर्को सेमिफाइनलमा भिड्नेछन् ।
काठमाडौं महानगरपालिकाका ३२ वटै वडाका प्रतिनिधिहरु सहभागी रहेको प्रतियोगितालाई राजधानीकै सबैभन्दा ठूलो सामुदायिक ब्याडमिन्टन प्रतियोगिताका रुपमा लिइएको छ ।
प्रतिक्रिया 4