Comments Add Comment

‘सेल्फी’ ले बढायो जुम्राको आक्रमण

selfieपछिल्लो समयमा ‘सेल्फी’ को क्रेज निकै बढेको छ । आफैले आफ्नो व्यक्तिगत तथा सामुहिक क्लोजअप तस्वीर लिइने सेल्फी संस्कृति बढ्दै जाँदा यसका विभिन्न खाले नकारात्मक असर पनि देखिन थालेका छन् । विज्ञहरुका अनुसार सेल्फी संस्कृतिका कारण जुम्राको आक्रमण बढ्दै गएको छ ।

अमेरिकी विज्ञहरुका अनुसार सेल्फीको तरंगले सोसल मिडियालाई संक्रमित बनाएको मात्र छैन मानिसको टाउकोलाई समेत संक्रमित बनाउँदै लगेको छ । उनीहरुका अनुसार सेल्फी संस्कृतिका कारण युवा पुस्तामा जुम्राको संख्या बढ्दै गएको छ ।

क्यालिफोर्नियामा जुम्रा उपचार केन्द्र समेत खोलेकी जुम्रा विज्ञ मर्की क्याक क्विलानका अनुसार युवाहरुमा जुम्राको संक्रमण निकै बढ्दै गएको छ ।
सामुहिक सेल्फीका लागि युवायुवतीहरु एक आपसमा जिउ र टाउको समेत जोडाउने हुँदा एक जनाबाट अर्कोमा जुम्रा सर्दछ ।

टाउकोमा रहेको जुम्रा टाउको जोडिँदा सजिलै सर्दछ । जुम्रा उड्न तथा उफ्रिन नसक्ने तर टाउको जोडिँदा सर्ने उनी बताउँछिन् ।

आफुकहाँ जुम्राको उपचारका लागि आउने हरेक किशोर किशोरीहरुलाई सोधदा उनीहरुले दैनिक साथीहरुसँग सामुहिक सेल्फी खिच्ने गरेको पाइएको उनी बताउँछिन् ।

जुम्राको संक्रमणबाट बच्न सेल्फी खिच्दा टाउको नजोडाउन र केटीहरुलाई कपाल बाँधेर राख्न उनले सुझाव दिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment