Comments Add Comment

किशोरीको भुँडीबाट निकालियो ४ किलो भुत्ला

hair ball

खानपिन गर्नै नसक्ने अवस्थामा पुगेकी एक किशोरीको पेटबाट ४ किलो भुत्लाको डल्लो निकालिएको छ । पेटको माथिल्लो भागमा रहेको उक्त रौँ को डल्लोका कारण खाना तथा पानी निल्नै नसक्ने भएकी थिइन् ।

डाक्टरहरुले अन्ततः ती किशोरीको आकस्मिक शल्यक्रिया गरी अन्न नलीबाट ४ किलोको रौँ को डल्लो बाहिर निकालेर उनलाई नयाँ जिवन दिएका छन् ।

घटना किर्गिस्तानको हो । १८ वर्षीया एपेरी अलेक्सीभा नामकी किशोरीको पेटबाट ४ किलो रौँ निकालिएको घटना विश्वमै सायदै पहिलो घटना भएको चिकित्सकहरुले बताएका छन् ।

उनको पेटमा रौँ यसरी जम्मा हुनुको दोषी उनी आफै रहेछिन् । वास्तवमा रौँ का टुक्रा तथा ऊन र धागो खाने बानी रहेछ उनको सानैदेखि । उनले खाएका तिनै पदार्थहरु पेटमा गएर थुपि्रँदै जाँदा उनी निकै गम्भीर अवस्थामा पुगिन् ।

रौँ को डल्लो बढ्दै जाँदा उनको पाचन नली नै फुट्ने अवस्थामा पुगेको र उनलाई निकै पीडा महसुस भएको थियो । तत्काल शल्यक्रिया गरी रौँ ननिकालिएको भएमा उनको ज्यानै जानसक्ने चिकित्सकको भनाइ छ ।

किन रोइस् मंगले आफ्नै ढंगले भन्ने उखान झैँ आफ्नै आदतले दुख पाएकी एपेरीले अबदेखि आफुले कहिल्यैपनि रौँ नखाने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment