Comments Add Comment

ठगी गर्ने पाँच पेट्रोल पम्पमा शिलबन्दी

निमुसंगम घर्ती

११ मंसिर, दाङ । पेट्रोलियम पदार्थ विक्रिमा ठगी गरेको पाए पछि नेपाल गुणस्तर तथा नापतौल विभागले दाङका पाँच वटा पेट्रोल पम्पमा शिलबन्दी गरेको छ । विभागबाट आएको अनुगमन टोलीले जिल्लाका १८ वटा पेट्रोल पम्पको अनुगमन गर्दा पेट्रोल र डिजेलमा ठगी गरेको पाएपछि पाँच वटा पम्पमा शिल गरिएको हो ।

Petrol-Pumpदेउखुरीमा एक र घोराहीका चार गरी पाँच वटा पम्पमा अनिश्चितकालिन शिलवन्दी गरिएको छ । ठगी गर्नेहरुमा सतवरीयाको पुष्पाञ्जली आयल स्टोर्स, गोग्लीको भ्यालि फ्युल सेन्टर, कन्चन आयल स्टोर, भैसाहीको बबी डिजल्स र घोराहीकी डिके पेट्रोल पम्प रहेको विभागका निरीक्षक प्रेमराज कलौनीले जानकारी दिए ।

पेट्रोल पम्पहरुले पाँच लिटर डिजेल र पेट्रोलमा सय मिलिलिटर मात्रा ठगी गर्ने गरेको पाइएको हो । ठगी गर्ने पम्पहरुले मेशिन बिगारेर मात्रा कम गरी विक्रि गर्दै आएको रहस्य पनि खुलेको छ । पम्पहरुले लामो समयदेखि तेल थोरै दिने तर पैसा धेरी अशुल्दा उपभोक्ताहरुलाई लाखौ रुपैयाँ ठगी गरेको निरीक्षक कलौनीले बताए ।

उपभोक्ता मञ्च सहितको अनुगमन टोलीले सिल गरिएका पम्पहरुलाई कसुर अनुसार कार्वाही गरिने छ । नापतौल निरीक्षक कलौनीले ठगी गर्ने पम्पहरुलाई पेट्रोलियम पदार्थ आपूर्तीमा रोक्का गर्ने, कसुर अनुसारको जरिवाना वा दुवै खाले कारबाही हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment