Comments Add Comment

पत्रकार विरहीलार्इ टेक्सासमा सम्मान

birahi-samman-texasटेक्सास । वरिष्ठ पत्रकार हरिरह विरही अमेरिकाको टेक्सासमा सम्मानित भएका छन् । नेपाली जनसम्पर्क समिति वेष्ट च्याप्टर टेक्सासका अध्यक्ष एवं नव निर्वाचित केन्द्रीय सदस्य हरिवोल भण्डारीले वरिष्ठ पत्रकार विरहीलाई सम्मान गरेका हुन् ।

वरिष्ठ पत्रकार विरही अधिवेशनमा सहभागी हुन अतिथिका रुपमा टेक्सास पुगेका हुन । उनलाई च्याप्टरका अध्यक्ष भण्डारीले एक समारोहबीच सम्मान गरेका हुन् । असाधारण रूपमा आयोजना गरिएको सम्मान समारोहमा देशान्तर साप्ताहिकका प्रधान–सम्पादक कविर राणा र नेपाली काँग्रेस भक्तपुरका सभापति गणेशमान चक्रधरको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रमबारे प्रकाश पार्दै आयोजक भण्डारीले चार दशक लामो समयदेखि नेपाली पत्रकारिता र झण्डै ५ दशकदेखि नेपालको प्रजातान्त्रिक आन्दोलनमा वरिष्ठ पत्रकार विरहीले निभएको भूमिकादेखि प्रभावित भएर उनलाई सम्मान गर्ने इच्छा पुरा भएको बताए । उनले ‘असाधारण व्यक्तिलाई असाधारण रुपमा सम्मान गर्नुपरेको समेत उल्लेख गरे ।

कार्यक्रममा मन्तव्य राख्दै वरिष्ठ पत्रकार विरहीले  अयोजकप्रति टेक्सास वेष्ट च्याप्टरलाई आभार प्रकट गरे । उनले आफूले नेपाली पत्रकारिता र प्रजातान्त्रिक आन्दोलन गर्दाको अनुभव पनि सुनाएका थिए । नेपाली जनसम्पर्क समिति वेष्ट च्याप्टर, टेक्सासका अन्य पदाधिकारीको पनि उपस्थिति रहेको कार्यक्रममा देशान्तरका प्रधान-सम्पादक तथा वरिष्ठ पत्रकार राणा र कांग्रेस भक्तपुरका सभापति चक्रधरले मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment