Comments Add Comment

एसएलआरको गोलीसहित दुईजना पक्राउ

११ मंसिर, पर्सा । वीरगन्ज प्रहरीले ६ राउण्ड गोली सहित २ जनालाई पक्राउ गरेको छ । कारागारमा कैदी भेट्न आएका बारा पिप्राढी-५ की ३५ वर्षीया लाइची देवी र उनीसँगै कारागारमा आएका सोही ठाउँका २६ वर्षीय अशोक साह कानुलाई प्रहरीले गोलीसहित पक्रेको हो ।

लाइची देवी चोरी मुद्दामा वीरगन्ज कारागारमा कैदी जीवन बिताइरहेका श्रीमान् राम एकवाल सहनीलाई भेट्न आएकी थिइन् ।

श्रीमानलाई ज्याकेट ल्याइदिएर कारागारमा आएकी लाइची देवीलाई कारागार परिसरमा सुरक्षाकर्मीले जाँच गर्दा ज्याकेटको खल्तीमा ३०३ राइफल र एसएलआरको ६ राउन्ड गोली बरामद भएको हो ।

गोलीसहित पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक दिवेश लोहनीले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment