Comments Add Comment

कति सुरक्षित छन् क्रिकेटर ?

phillip-hughes

११ मंसिर, काठमाडौं । अष्ट्रेलियाका व्याट्सम्यान फिलिप हृयूज मंगलबार शेफिल्डमा एक खेलका क्रममा तिब्र बलर शान एबर्टको बाउन्सरमा घाइते भएका थिए ।

बलले उनको टाउकोको पछिल्लो भागमा लागेको थियो । उनको सर्जरी पनि गरियो तर, बुधबार विहान निधन भयो ।

क्रिकेटमा खेलाडीहरुको सुरक्षाका लागि विभिन्न उपकरण छ । तर, यस्तो घटना विगतमा पनि भएको थियो ।

भारतका पूर्व स्पिनर मनिन्दर सिंह भन्छन्-गल्ती कुनै खेलाडीमा हुन सक्छ । तर, उनले त शट खेलेका थिए ।’

बलले हृयूजको हेलमेटको पछिल्लो भागमा लाग्यो । जसको टाउकोलाई हेलमेटले पूर्ण रुपमा छोपेको थिएन । मनिन्दर सिंहले भने-हेलमेट कम्पनीले पनि भनेको छ कि उनले पछिल्लो हेलमेट लगाएका थिएनन् । त्यो हल्ला र पुरानो थियो ।’

क्रिकेट म्याचका क्रममा खेलाडीहरुलाई चोट लागिरहन्छ । तर, यो निकै गम्भीर चोट थियो । क्रिकेटमा हेलमेट, राम्रो ग्लोब्स, थाईप्याड सबै छ तर पनि चोटको खतरा रहन्छ नै ।

पहिले बल हेलमेटभित्र प्रवेश गरेर नाकमा लाग्थ्यो । किनकी हेलमेटको अगाडिको जाली कमजोर हुन्थ्यो ।

अहिले अन्तराष्ट्रिय क्रिकेटरहरुले प्रयोग गर्ने हेलमेटको जाली टाइटेनियमबाट बनेको हुन्छ । अन्तराष्ट्रिय नियम अनुसार हेलमेटमा एक पटक बलले लागेपछि फेरि प्रयोग गर्न पनि सकिँदैन ।

उसो त क्रिकेटमा यसअघि पनि अनेक घटना भएको छ ।

इंग्ल्याण्डका तिब्र बलर स्टुअर्ट ब्राड गत अगष्टमा वरुण एरोनको बलले घाइते भएका थिए । हलमेट लगाएको भएपनि उनको नाकको हड्डी दुई ठाउँमा फुटेको थियो ।

ब्राडले भनेका छन्-जब मैले हृयूजलाई चोट लागेको कुरा सुनेा । मेरो मन थामियो । तर, मलाई बलरको पनि याद आयो । बल फाल्नेलाई कस्तो लागिरहेको होला । तर, उसको  कुनै गल्ती छैन ।

वकार यूनुसको बाउन्सरले मास्टर ब्लास्टर सचिन तेन्दुलकरको पहिलो टेष्ट म्याचमा नै नाकबाट रगत बगेको थियो ।

सबैभन्दा दर्दनाक घटना भारतीय व्याट्सम्यान रमण लाम्बाको निधन हो । बंगलादेशमा एक खेलमा फिल्डिङका क्रममा तिब्र गतिमा आएको बलले उनको टाउकोमा लागेको थियो ।

१९६१/६२ मा वेष्टइण्डिजको भ्रमणका क्रममा भारतीय व्याट्सम्यान नरी कान्ट्याक्टर चार्ली ग्रिफिथको बाउन्सरको शिकार भएका थिए । अपरेशनपछि नरीलाई बचाइएको थियो । उनको टाउकोमा मेटलको प्लेट लगाइएको थियो ।

-बीबीसी हिन्दीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment