Comments Add Comment

सार्क फस्ट लेडीले गरे भक्तपुरको भ्रमण (फोटो फिचरसहित)

SAARC-FIRST-LADY-AT-BHAKTAP

११ मंसिर, भक्तपुर । अठारौँ सार्क शिखर सम्मेलनमा भाग लिन आएका सार्क फस्ट लेडी र विदेशमन्त्रीका श्रीमतीहरूले विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुरका प्रमुख सम्पदाहरूको अवलोकन गरेका छन् ।

भक्तपुर भ्रमणमा आउने फस्ट लेडीमा माल्दिभ्सकी फतिमा इब्राहम र पाकिस्तानकी बेगम साहिबा छन् । बंगलादेशका विदेशमन्त्रीकी पत्नी साहिन अली र श्रीलंकाली विदेशमन्त्रीकी पत्नी सावित्री नेहम पेरिस पनि टोलीमा सम्मिलित थिइन् ।

दरबारस्क्वायरमा सार्कका फर्स्ट लेडीहरुलाई नेपालकी फस्ट लेडी सुजाता कोइराला, प्रमुख जिल्ला अधिकारी अनिलकुमार ठाकुर, स्थानीय विकास अधिकारी पशुपतिबाबु पुरी, नगरपालिकाका कार्यकारी अधिकृत राममणि भट्टराईलगायतले स्वागत गरे । बिहीबार बिहान १०ः५० बजे भक्तपुरको दरबारस्क्वायर अइपुगेका उनीहरु १२ बजे फर्किएका थिए ।

उनीहरुले ५५ झयाले दरबार, राष्ट्रिय कला सङ्ग्रहालयको अवलोकन गरे । यसैगरी, उहाँहरूले दरबारस्क्वायरको लामोपाटीमा भक्तपुर उद्योग वाणिज्य सङ्घले राखेको चर्खा, हाकुपटासी बुन्दै गरेको कपडा बनाउने तान, भक्तपुरका परम्परागत धातुकला, मूर्तिकला तथा हस्तकलाका सामग्रीको अवलोकन गरे ।

अवलोकनका क्रममा श्रीलङ्काको परराष्ट्रमन्त्रीको पत्नी पेरिसले ढाकाको सल, ऊनी टोपी र नेपाली हातेकागजबाट बनाइएको डायरी किनिन् ।

पाहुनालाई व्यापारीले आफूले उत्पादन गरेका सामग्री चिनोको रुपमा दिएका थिए । पाँचतले मन्दिरको अवलोकनपछि उहाँहरूलाई तौमढी स्क्वायरमा प्रदर्शन गरिएको प्रसिद्ध देवी नाचको अवलोकन गराइएको थियो । तौमढी स्क्वायरको न्यातपोल क्याफेमा बसेर उहाँहरूले चियापानसँगै देवी नाच हेरे ।

अवलोकनको क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पाकिस्तानका फस्ट लेडी साहिबाले नेपाल सम्पदाको धनी भएको बताउँदै यहाँका हस्तकलाका सामग्री आकर्षक रहेको प्रतिक्रिया दिए ।

फस्ट लेडीले भक्तपुर भ्रमण गर्ने भएपछि बिहानैदेखि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको थियो । सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन गरिएको थियो । रासस

हेर्नुहोस् भरतबन्धु थापाले खिचेका तस्वीरहरु-

first-women-saarc-1

first-women-saarc-4

first-women-saarc-8

drama

first-women-saarc-drama

SAARC-FIRST-LADY-AT-BHAKTAPfirst-women-saarc-5

printing

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment