Comments Add Comment

शिव रेग्मीलाई संझिदै चलचित्रकर्मी, चितवनमा शोक सभा

फाइल तस्बिर
फाइल तस्बिर

नेपाली चलचित्र क्षेत्रका चर्चित निर्देशक शिव रेग्मीको निधन भएको आज १ बर्ष पुगेको छ । दिनका आधारमा मंसिर २४ गते भएपनि तिथीका आधारमा रेग्मीको निधन भएको आज १ बर्ष पुगेको हो ।

रेग्मीको निधन भएको १ बर्ष पुगेको दिनलाई संझेर आज चितवनमा चलचित्रकर्मी र उनको परिवारले शोक सभा गर्दैछ । यसका लागि केही चलचित्रकर्मी चितवन पुगेका छन् ।
चितवनको नारायणी कला मन्दिरमा शोक कार्यक्रमको आयोजना गर्दै रेग्मीलाई संझिने निर्देशक राजेन्द्र उप्रेतीले जानकारी दिएका छन् । काठमाण्डौबाट धेरै चलचित्रकर्मी जान चाहे पनि जोर र विजोर प्रणाली लागू हुादा उनीहरु समस्यामा परेका छन् ।

नारायणी कला मन्दिरमा रेग्मीको संझनामा उनको तस्बिरमा माल्यार्पण गर्दै शोक सभा गर्ने निर्देशक उप्रेतीले जानकारी दिए । विशेषगरि पारिवारिक चलचित्र बनाउन माहिर मानिएका रेग्मीको उपचारका क्रममा निधन भएको थियो । काठमाण्डौको बयोधा अस्पतालमा रेग्मीको निधन भएपनि उनको दाहासंकार भने चितवनमै गरिएको थियो ।

रेग्मीको निधनले चलचित्र क्षेत्रलाई ठूलो क्षती पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment