Comments Add Comment

टायर पडि्कएर बस दुर्घटना, दुईको मृत्यु

१२ मंसिर, धनगढी । कञ्चनपुरको कृष्णपुर-२ लालझाडीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । २७ जना घाइते भएका छन् ।

धनगढीबाट भीमदत्तनगरतर्फ आइरहेको म १ ख ४१५ नम्बरको बस शुक्रबार अपराहृन लालझाडीमा आइपुग्दा पछाडिको टायर पड्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा सहचालक कञ्चनपुरको दैजी-१ का ३५ वर्षीय सुरेश थापा र बसमा सवार देखतभुली गाविस-८ की ४० वर्षीया भागरती विक रहेको मृत्यु भएको छ । थापाको घटनास्थलमै र विकको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

बस पछाडिको पाङ्ग्रा पड्किएर राजमार्गबाट केही मिटर तल खसेको छ । दुर्घटनामा परी २७ यात्रु घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment