Comments Add Comment

सार्वजनिक यातायातमा महिलाको आरक्षण सीटबारे तपाईको धारणा के छ ?

सार्वजनिक यातायातका साधनमा महिला, अशक्त र ज्येष्ठ नागरिकका लागि अलग्गै सीट छुट्याइएका छन् । तर, महिलाका सीटमा पुरुष बस्ने गरेको समाचार अनलाइनखबरमा प्रकाशित भएपछि यसबारे सार्वजनिक बहसको थालनी भएको छ ।

Mahila seat (13)

महिलाका लागि छुट्याइएको सीटमा पुरुषहरु बस्नु सभ्यता विपरीत हुने धेरै मानिसहरुको भनाइ छ । कतिपयले चाँहि समान अधिकारको माग गर्ने महिलाहरुले बेग्लै सीटको माग गर्नु जायज नहुने तर्क गरेका छन् । केही मानिसहरुले महिला वा पुरुष जो भए पनि युवा पुस्ताका यात्रुले बिरामी, बच्चा बोकेका मानिस र वृद्धवृद्धालाई सीट छाडिदिनु उपयुक्त हुने तर्क अघि सारेका छन् ।

सार्वजनिक यातायातमा महिलाका लागि छुट्याइएका सीटबारे तपाईको प्रतिक्रिया के छ ?

१. महिलाका लागि सीट छुट्याउनु राम्रो हो । विदेशमा पनि यस्तो प्रचलन छ । महिलाका लागि छुट्याइएको सीटमा बस्न सभ्य पुरुषलाई सुहाउँदैन । सभ्य समाजमा नारीलाई सम्मान गर्नुपर्छ ।

२. बराबर अधिकार माग गर्ने महिलाका लागि गाडीमा आरक्षण सीट छुट्याइराख्न जरुरी छैन । ज्येष्ठ नागरिक र अशक्तका लागि मात्रै छुट्याए पुग्छ ।

३. बच्चा बोकेका महिलालाई सीट छाडिदिने या बच्चा बोकिदिने चलन पुरुषहरुले गरेकै छन् । तर, युवतीलाई आरक्षण सीट नभए पनि हुन्छ । महिला वा पुरुष जो भए पनि वृद्धवृद्धा, वालबच्चा र अशक्तलाई सीट छाडिदिने संस्कारको विकास गरौं । कुनै वृद्ध या बिरामी पुरुष उभिएको देखेमा महिलाले पनि सीट छाडिदिए हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment